नेपाली पैसा
काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप १४ सय ७४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमित संख्या कुल २ लाख ३३ हजार ४५२ जना पुगेको छ । सोमबार स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्यांकमा सो जानकारी गराइएको हो ।

यता, पछिल्लो २४ घण्टामा १९ सय ३१ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै, हालसम्म संक्रमणबाट निको हुनेको संख्या २ लाख १४ हजार ५२१ जना पुगेको छ । पछिल्लो २४ घण्टामा २९ जनाको ज्यान गएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या अहिलेसम्म १५ सय ८ जना पुगेको छ ।