Market Closed

ब्रोकर कमिसन घटाउनुपर्ने माग गर्दै लगानीकर्ताले बोर्डलाई बुझाए ज्ञापन पत्र

04 Dec,2020
  • laganikarta_3_12_4_2020_12_52_57.jpg
नेपाली पैसा
 
काठमाडौं : ब्रोकर कमिसन घटाउन लगानीकर्ताहरुको संगठनले नेपाल धितोपत्र बोर्डलाई ज्ञापन पत्र बुझाएका छन् । पुँजी बजारमा सक्रिय ५ वटै लगानीकर्ता संघसंगठनका प्रतिनिधिले बोर्ड समक्ष ज्ञापन पत्र बुझाएका हुन् । बोर्ड अध्यक्ष भिष्मराज ढुंगाना मुलुक बाहिर रहेकाले उनीहरुले बोर्ड प्रतिनिधि मुक्ति श्रेष्ठलाई ज्ञापन पत्र बुझाएको नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले नेपाली पैसालाई जानकारी दिइन् ।


 
पुँजी बजार प्रविधिमैत्री बन्दै गएको र कारोबार भोल्यूम समेत बढेको भन्दै लगानीकर्ताहरुले तत्काल ब्रोकर कमिसन घटाउन माग गरेका हुन् । अहिले धेरै लगानीकर्ताले अनलाइनमार्फत आफैं सेयर किनबेच गर्न थालेका छन् । यस्तो अवस्थामा ब्रोकरको कामको प्रेसर पनि घटेको छ ।



यसर्थ, हाल कायम ब्रोकर कमिसन उच्च भएकाले तत्काल घटाउनुपर्ने उनीहरुले बोर्ड समक्ष माग राखेका छन् । अहिले न्यूनतम ०.४% देखि अधिकतम ०.६% सम्म रहेको ब्रोकर कमिसन ०.२५% सम्म झार्न लगानीकर्ताले माग राखेका छन् । विगत लामो समयदेखि लगानीकर्ताले ब्रोकर कमिसन घटाउन नियामक निकायसँग आग्रह गर्दै आएका छन् ।




Post Your Comment