Market Closed

नेप्से राउण्डअप : सेयर बजार ऐतिहासिक विन्दुमा, सबै रेकर्डहरु तोडियो

04 Dec,2020
  • bulls_mrst_4_12_4_2020_1_55_25.jpg
नेपाली पैसा 
 
काठमाडौं : सेयर बजार परिसूचक नेप्सेले यो साता पनि विगतमा बनेका सबै रेकर्डहरु तोड्दै बुलिस यात्रा जारी राखेको छ । साताको अन्तिम दिन बिहीबार कारोबार रकम ८.०३ अर्ब रुपैयाँ पुगेको छ भने सूचक २०५५.४५ विन्दुमा बन्द आएर भएको छ । साथै, बुधबार नेप्से इतिहासकै उच्च विन्दु २०७१.०३ मा बन्द भएको थियो भने आइतबार कारोबार रकमले ९.२३ अर्ब रुपैयाँको रेकर्ड बनाएको थियो ।

अघिल्लो साताको अन्तिम विन्दु १८९३.२४ विन्दुको तुलनामा नेप्से यस साता ८.५७% ले बढेर बन्द भएको छ । यस साताको अन्तिम दिन बिहीबार बजार पुँजीकरण २७ खर्ब ५५ अर्ब रुपैयाँ भन्दा बढी कायम भएको छ । यस साता नेप्सेमा दैनिक कारोबार रकम पनि एैतिहासिक देखिएको छ । बजारले बुलिस गतिलाई निश्चित गर्र्दै साताभर दैनिक ७.४ अर्ब रुपैयाँ भन्दा बढीको सेयर किनबेच भएको छ ।



मंगलबार सबैभन्दा थोरै ७.४० अर्ब रुपैयाँको कारोबार भएको छ भने आइतबार सबैभन्दा धेरै ९.२२ अर्ब रुपैयाँको कारोबार भएको छ । यो साता औसतमा दैनिक ८.१९ अर्ब रुपैयाँको कारोबार भएको छ । जुन हालसम्मकै सबैभन्दा धेरै हो । 
 
सूचीकृत समूहहरुको प्रदर्शन 
 
अघिल्लो साताको तुलनामा यस साता फाइनान्स र व्यापारिक समूहबाहेक बाँकी सबै समूहमा तेजी आएको छ । अन्य समूह सबैभन्दा धेरै १७.६६% ले बढेको छ । त्यसपछि हाइड्रोपावर समूह १७.१८ र जीवन बिमा समूह १४.९२% ले बढेको छ ।

 
धेरै कमाउने 
 
यस साता धेरै कमाउनेको सूचीमा अपर तामाकोशी हाइड्रोपावर सबैभन्दा अगाडि आएको छ । यसको सेयर भाउ ४६.६०% ले बढेको छ । त्यसपछि, नेपाल पुनर्बिमा कम्पनी २९.७५% र सान्जेन जलविद्युत कम्पनीको भाउ २७.३२% ले वृद्धि भएको छ । 

 
धेरै गुमाउने 
 
यस साता साल्ट ट्रेडिङ कर्पोरेसनको सेयर भाउ सबैभन्दा धेरै २४.०६% ले घटेको छ । तर साल्ट ट्रेडिङको २५% बोनस सेयरमा मूल्य समायोजन भएपछि भाउ घटेको हो । त्यसपछि, विशाल बजार कम्पनीको सेयर भाउ २०.२५% र आँखुखोला जलविद्युतको ७.१४% ले घटेको छ । 



 

Post Your Comment