Market Closed

२४ घण्टामा २२ सय ६ जना डिस्चार्ज हुँदा १ हजार २४ संक्रमित थपिए

05 Dec,2020
  • 2_10_16_2020_4_42_35_12_5_2020_5_38_38.jpg
नेपाली पैसा 

काठमाडौं   : नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमित संख्या कुल २ लाख ३९ हजार ८८५ जना पुगेको छ । शनिबार स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्यांकमा सो जानकारी गराइएको हो । 


यता, पछिल्लो २४ घण्टामा २२ सय ६ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै, हालसम्म संक्रमणबाट निको हुनेको संख्या २ लाख २४ हजार ५३ जना पुगेको छ । पछिल्लो २४ घण्टामा १० जनाको ज्यान गएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या अहिलेसम्म १५ सय ७७ जना पुगेको छ ।

Post Your Comment