Market Closed

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५० हजार नाघ्यो

15 Dec,2020
  • 2_10_16_2020_4_42_35_12_15_2020_4_54_20.jpg
नेपाली पैसा 

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप ९ सय ३६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या कुल २ लाख ५० हजार १८० जना पुगेको छ । मंगलबार स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्यांकमा सो जानकारी गराइएको हो । 


यता, पछिल्लो २४ घण्टामा १९ सय ९६ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै, हालसम्म संक्रमणबाट निको हुनेको संख्या २ लाख ३८ हजार ५६९ जना पुगेको छ । पछिल्लो २४ घण्टामा १४ जनाको ज्यान गएको छ । योसँगै, नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या अहिलेसम्म १७ सय ३० जना पुगेको छ ।

Post Your Comment