Market Closed

सोनापुर मिनरल्सले प्रिमियममा आइपीओ निष्काशन गर्ने

13 Jan,2021
  • ipo_1_13_2021_1_57_54.jpg
नेपाली पैसा
 
काठमाडौं : सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले प्रिमियममा आइपीओ निष्काशन गर्ने भएको छ । प्रिमियममा आइपीओ जारी गर्ने विशेष प्रस्ताव पारित गर्न कम्पनीले माघ २२ गते साधारण सभा डाकेको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय बत्तिसपुतली काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन गर्ने एजेन्डा पनि छ ।

आर्थिक वर्ष २०७६–७७ को वार्षिक प्रतिवेदनमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७७–७८ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि राखिएको छ । यो कम्पनीले पश्चिम नेपालमा सबैभन्दा धेरै सिमेन्ट उत्पादन गर्दै आएको छ । हाल कम्पनीको उद्योग दाङमा रहेको छ । 

Post Your Comment