Market Closed

डोनाल्ड ट्रम्पलाई अब युट्युबमा पनि प्रतिबन्ध

13 Jan,2021
  • trump_1_11_2021_11_43_40.jpg
नेपाली पैसा
 
काठमाडौं : गुगलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई युट्युबमा पनि प्रतिबन्ध लगाएको छ । गुगलले ट्रम्पलाई प्रतिबन्ध लगाउनुका साथै वाइट हाउसलाई पनि चेतावनी दिएको छ । ट्रम्पले गुगलको नीति उल्लंघन गरेपछि ७ दिनसम्म उनलाई भिडियो अपलोड गर्न प्रतिबन्ध लगाएको हो । ट्रम्पका भिभियोहरुमा कमेन्ट गर्नलाई पनि प्रतिबन्ध लागेको छ ।

गुगलले ट्रम्पको कुन भिडियोले नीति उल्लंघन गरेको भन्ने विषयमा भने प्रस्ट पारेको छैन । तर उनले भिडियोमा हिंसा भट्काउने किसिमको अभिव्यक्ति दिएको गुगलले बताएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको युट्युब एकाउन्टमा २० लाख ७७ हजार भन्दा बढी फलोअर्स रहेका छन् । ट्रम्पले दैनिक आफू स्वयं र आफूलाई समर्थन गर्ने मिडियाहरुका विभिन्न भिडियोहरु आफ्नो एकाउन्टमा राख्दै आएका छन् ।
 
यता, टुइटर र फेसबुकले यसअघि नै डोनाल्ड ट्रम्पलाई प्रतिबन्ध लगाइसकेका छन् । टुइटरले स्थायी रुपमै ट्रम्पको एकाउन्ट बन्द गरेको छ । यद्दपि, ट्रम्पले एक सरकारी खातामार्फत शुक्रबारसम्म टुइट गरिरहेका थिए । टुइटरले उक्त सरकारी खातामा पनि प्रतिबन्ध लगाइसकेको छ । 
 
गुगलले पनि शुक्रबार आफ्नो ‘पार्लर’ नामक सामाजिक सञ्जाल एपलाई प्लेस्टोरबाट हटाइसकेको छ । ट्रम्पका समर्थकहरु माझ चर्चित रहेको उक्त एपलाई हटाएपछि एन्ड्रोइड प्रयोगकर्ताहरुले डाउनलोड गर्न पाएका छैनन् । युट्युबका भिडियोहरु अन्य विभिन्न माध्यमहरुमा सेयर गर्न मिल्ने भएकाले यसको पहुँच ठूलो समूहसम्म पुग्ने गर्दछ । तर त्यसमा पनि प्रतिबन्ध गलाइएपछि ट्रम्पलाई आफ्ना समर्थकहरुसम्म पुग्न समस्या भएको छ ।
 

Post Your Comment