Market Closed

सेयर बजारमा उत्साह छरेर विदा भयो दोस्रो त्रैमास, नेप्से अझै बढ्ने लगानीकर्ताको अपेक्षा

13 Jan,2021
  • bull_mrksts_1_13_2021_3_11_46.png
नेपाली पैसा 
 
काठमाडौं : पुस महिनाको अन्तिम दिनले सेयर बजारलाई स्वागत गरेर विदा भएको छ । यससँगै चालु आर्थिक वर्षको दोस्रो त्रैमास पनि विदा हुँदैछ । मसान्तको दिन पनि बजार आकर्षक हिसाबले वृद्धि भएको छ । नेप्से सूचक र खरिदबिक्री रकममा पनि सकारात्मक माहोल देखिएको छ । अधिकांश सूचक सकारात्मक रहँदा विशेषगरी फाइनान्स, उत्पादनमूलक, माइक्रोफाइनान्स र बिमा समूहहरुमा अधिक तेजी देखिएको छ । 
 
पछिल्ला दिनहरुमा सेयर बजारमा चमक आइरहेको छ । माघदेखि ब्याजदर थप घट्ने भएको छ । सोही अनुसार बैंकहरुको आधार दर घट्दै गएको देखिएको छ । बैंकहरुले ब्याजदर घटेको सूचना पनि धमाधम सार्वजनिक गरिसकेका छन् । यसबाट आगामी दिनमा बजार अझै सकारात्मक बन्ने अनुमान गरिएको छ ।

सेयर बजारले माथिल्ला रेखाहरु कोरिरहँदा लगानीकर्ताले पनि आफूले लगानी गरेका कम्पनीहरुमा विशेष ध्यान दिन आवश्यक छ । कम्पनीका आधारभूत सूचक केलाउने गर्नुपर्छ । लाभांश क्षमता, वितरणयोग्य नाफा, रिजर्भ, प्रतिसेयर आम्दानी, व्यवसाय विस्तारको अवस्थालाई ख्याल जरुरी हुने जानकारहरु बताउँछन् ।  
 
बजार बुलिस चक्रमा हिँडिरहेको छ । यो चक्रमा बजारको वृद्धिक्रम बढी हुने गर्छ । घटबढ हुँदै बजार अघि बढ्ने भए पनि प्रतिशतमा हेर्दा वृद्धिक्रम अधिक हुने गर्छ । बुल रनको विशेषता यही हो । बुल रनलाई न्यून विन्दुको ब्याजदरले सहयोग गरेको छ । बैंकहरुले बचत खाताको ब्याजदर डेढ प्रतिशतमा झारिसकेका छन् । यसैगरी, मुद्दति खातामा पनि ५–६ प्रतिशत हाराहारीमा मात्र ब्याज पाइने अवस्था छ ।

घट्दो ब्याजदरले सेयर बजारलाई सहयोग पुर्याइरहेको हुन्छ । सेयर बजारका नयाँ लगानीकर्ताले यसका आधारभूत नियम सिक्न सके अझ राम्रो हुन्छ । सेयर बजारसम्बन्धी साक्षरता अर्को आवश्यक विशेषता हो । अनि, व्यवहारिक ज्ञानका लागि अनुभव जरुरी हुने अनुभवीहरुको भनाई छ । नेप्से सूचक १८.८१ अंकले बढेर २२८६.५४ विन्दुमा आइपुगेको छ ।



२०७ कम्पनीको ५ अर्ब ९१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । होटेल र बैंकिङबाहेक बाँकी सबै समूहको सूचक वृद्धि भएको छ । १० कम्पनीको भाउ ९% भन्दा बढीले वृद्धि भएको छ । खरिदबिक्री रकममा नेपाल टेलिकम अग्रस्थानमा छ । यसको २६ करोड ५५ लाखभन्दा बढीको कारोबार भएको हो । दोसं्रो र तेस्रामो क्रमशः नेपाल पुनर्बिमा र अपर तामाकोशी परेका छन् । 


Post Your Comment