Market Closed

फ्रान्समा थप कडा कर्फ्यूको घोषणा, विदेशबाट आउनेहरुका लागि नयाँ नियम

15 Jan,2021
  • france-corona-virus_1_15_2021_2_02_15.jpg
काठमाडौं : कोरोना संक्रमण बढ्न थालेपछि फ्रान्समा रातको समयमा लागु गरिएको कर्फ्यूमा थप कडाई गरिने त्यहाँको सरकारले घोषणा गरेको छ । फ्रान्सका प्रधानमन्त्री जीन केसटेक्सले स्थानीय समयानुसार शनिबार बेलुका ६ बजेदेखि फ्रान्समा देशव्यापी रुपमा लागू गरिएको रातीको कर्फ्यूको ढाँचामा परिवर्तन गरिने जानकारी दिएको बीबीसीले उल्लेख गरेको छ । 
 
डिसेम्बरदेखि नै फ्रान्समा रातको समयमा कर्फ्यू जारी छ । तर अब बढ्दो संक्रमणलाई मध्यनजर गर्दै यसमा थप कडाइको घोषणा प्रधानमन्त्री केसटेक्सले गरेका हुन् । अहिलेसम्म राति ८ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यू लाग्ने गरेको थियो । तर अब साँझ ६ बजेदेखि नै कर्फ्यू लगाईने छ । यो नयाँ नियम कम्तिमा १५ दिनसम्म लाग रहने छ ।
 
यस्तै, प्रधानमन्त्रीले विदेशबाट आउनेहरुका लागि पनि नयाँ नियमको घोषणा गरेका छन् । अब इयूभन्दा बाहिरबाट आउनेहरुले आफ्नो उडानभन्दा ७२ घण्टा अघिसम्म कोरोनाभाइरसको संक्रमणको परीक्षण गर्नुपर्नेछ र नेगेटिभ भएपछि मात्रै उनीहरुलाई फ्रान्समा प्रवेश गर्न दिइने छ । फ्रान्स प्रवेश गरिसकेपछि उनीहरुले सात दिनसम्म आइसोलेशनमा बस्नु पर्नेछ । सातौँ दिनमा कोरोना परीक्षण गरिने छ र यदि त्यसमा पनि नेगेटिभ आएपछि मात्रै सामान्य तरिकाले बस्न दिइने छ ।

बीबीसी
 

Post Your Comment