Market Closed

नेपालमा नयाँ प्रकारको कोरोना भित्रिएको पुष्टि

18 Jan,2021
  • coronavirus4m_utz5jt_1_18_2021_3_13_04.jpg
नेपाली पैसा

काठमाडौं : नेपालमा नयाँ प्रकारको कोरोना भाइरस भित्रिएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गरेर बेलायतबाट केही दिन अघि आएका ६ जना मध्ये तीनजनामा नयाँ प्रकारको कोरोना भाइरसको संक्रमण देखिएको जनाएको छ ।
 
नयाँ प्रकारको भाइरसको संक्रमण भए नभएको पत्ता लगाउनका लागि उनीहरुको नमुना विश्व स्वास्थ्य संगठनको सहयोगमा पुष २७ गते  हङकङको प्रयोगशालामा पठाइएको थियो । त्यसको रिपोर्ट माघ ५ गते (सोमबार) प्राप्त भएको मन्त्रालयले जनाएको छ । 
 
नयाँ प्रकारको कोरोना भाइरसबाट संक्रमित हुनेमा २८ वर्षकी महिला तथा ६७ र ३२ वर्षका पुरुष छन् । उनीहरुमध्ये २८ वर्षीया महिला र ३२ वर्षीय पुरुष नेगेटिभ भइसकेका छन् भने ६७ वर्षीय पुरुष पोजेटिभ नै छन् । तर, उनमा लक्षण नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 
 

 

Post Your Comment