Market Closed

सेयरधनीले पाउने प्रतिफल विश्वव्यापीरुपमै किन भयो १२.२% कटौती ?

23 Feb,2021
  • dividens_2_23_2021_12_50_39.jpg
नेपाली पैसा
 
काठमाडौं : कोरोना भाइरस महामारीका कारण विश्वव्यापीरुपमा सेयरधनीले पाउने लाभांशमा ठूलो कटौती भएको एक तथ्यांकले देखाएको छ । कोरोना भाइरसका कारण सन् २०२० मा सेयरधनीले पाउने प्रतिफल भुक्तानी १२.२% ले घटेर १२ खर्ब ६० अर्ब डलरमा झरेको छ । कोरोना भाइरसले विश्वलाई नै संक्रमित बनाउन थालेपछि लागू गरिएको लक डाउनले विश्व अर्थतन्त्र शिथिल बनाएको हो ।
 
फलस्वरुपः सन् २०२० को दोस्रो र चौथो त्रैमासको बीचमा मात्र कुल २ खर्ब २० अर्ब डलर बराबरको लाभांश कटौती तथा रद्द भएको सम्पति व्यवस्थापक जेनस हेन्डरसनको ग्लोबल डेभिडेन्ड इन्डेक्सले देखाएको छ । यद्दपि, सन् २०२० को अप्रिल र डिसेम्बरबीच विश्वप्यापिरुपमा ९ खर्ब ६५ अर्ब डलर भन्दा बढी लाभांश वितरण भएको तथ्यांकले देखाएको छ ।

जेनस हेन्डरसनले बजार पुँजीकरणका आधारमा ठूला १२ सय कम्पनीले वितरण गरेको लाभांशलाई आधार मानेको हो । बेलायत र युरोपमा लाभांश कटौती दर सबैभन्दा धेरै देखिएको छ । कटौती गरिएको कुल लाभांशको आधा भन्दा बढी हिस्सा बेलायत र युरोपले ओगटेका छन् । बेलायतसहित युरोपका अन्य देशहरुमा कोरोना महामारीको असर सबैभन्दा धेरै देखिएको थियो । यता, अमेरिकामा भने लाभांश भुक्तानी गत वर्ष २.६% ले बढेको तथ्यांकले देखाएको छ ।  
 

Post Your Comment