Market Closed

राजनीतिसँग जोडेर हेर्न थालेपछि सेयर बजार प्रभावित, तर अन्तिम प्रहरमा बलियो देखियो नेप्से

23 Feb,2021
  • bull_bear_new_2_23_2021_3_17_33.jpg
नेपाली पैसा
 
काठमाडौं : राजनीतिक अन्योलताका बीचमा सर्वोच्च अदालतको फैसला आउने तयारी हुँदै गर्दा सेयर बजार केही प्रभावित भएको छ । संसद विघटनका लागि प्रधानमन्त्रीले गरेको सिफारिस विरुद्ध सर्वोच्च अदालतमा मुद्दा चलेको छ । यस मुद्दाको फैसला सर्वोच्चले सम्भवतः एक साताभित्रै गर्नेछ । फैसला हुने दिन नजिकिंदै गर्दा सेयर बजारका लगानीकर्ता ‘पर्ख र हेर’को अवस्थामा बसेको अनुमान गरिएको छ ।

प्रधानमन्त्रीको सिफारिस अनुसार चुनाव हुने वा संसद पुनसर््थापना हुने भन्ने अन्योलता व्याप्त छ । सर्वोच्चको फैसला जे आए पनि केही दिन राजनीतिक अस्थिरता थप बढ्न सक्ने आँकलन गर्दै लगानीकर्ता सुरक्षित हुन खोजेको कतिपयको भनाई छ । यस्तै, अर्कोथरीले भने बजारले करेक्सन खोजिरहेको थियो । सोही आधारमा राजनीति बाहनामात्र भएको पनि भनिरहेका छन् । केही करेक्सनपछि बजार फेरि अघि बढ्ने उनीहरुको भनाई छ । 
 
बढ्दो क्रममा रहेको बजारमा १–२ दिन करेक्सन आउनुलाई अस्वभाविक मान्नु हुँदैन । करेक्सनपछि बजार थप बलियो हुन्छ । करेक्सनपछि बजारले फेरि नयाँ उचाई तय गर्ने विश्लेषकहरु बताउँछन् । त्यसो त कारोबारको मध्यप्रहरमा फराकिलो अंकले घटेको बजार बन्द हुँदा घट्ने दर निकै साँघुरो भएको छ । यसले पनि बजारको अवस्था बलियो रहेको अनि पर्याप्तमात्रामा क्रेताहरु भएको संकेत गर्दछ ।

बजार घट्दा पनि खरिदबिक्री रकम राम्रो छ । यो पनि सकारात्मक पक्ष हो । बजार घटेका बेला लगानीकर्ता संयमित हुन जरुरी हुन्छ । सकारात्मक मनोविज्ञान पनि आवश्यक पर्दछ । सेयर बजार बुल रनमै छ । सेयर बजारमा प्रविधिले फड्को मारेको छ । अनलाइन प्रणालीका कारण लगानीकर्ताले स्वदेश तथा विदेश जहाँसुकै बसेर सजिलै कारोबार गर्न सक्ने अवस्था । सेयर बजारका लागि यी सबैभन्दा महत्वपूर्ण सुधारका पक्ष हुन् । यसले पनि दीर्घकालमा बजारको भविष्य उज्जवल रहेको देखाउँछ । 
 
लगानीकर्ताले नेप्से सूचकलाई मात्र आधार बनाउनुृ हुँदैन । विशेषगरी आफूले लगानी गरेका कम्पनीहरुमा ध्यान केन्द्रित गर्न सक्नुपर्छ । लगानी गर्ने कम्पनीको समग्र अवस्था जस्तो, नाफा, रिजर्भ, प्रतिसेयर आम्दानी, कम्पनी सञ्चालक, व्यवस्थापक अनि भविष्यमा कम्पनीको योजना लगायतलाई ख्याल गर्न आवश्यक हुन्छ । साथै, लगानीकर्ताले होल्ड गर्न सक्ने अवधिमा पनि विचार पुर्याउनुपर्छ । जोखिम बहन क्षमतालाई पनि ख्याल गर्न आवश्यक हुन्छ ।

 
नेप्से सूचक २१.१६ अंकले घटेर २५८६.५१ विन्दुमा अडिएको छ । ८ अर्ब ५६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २०५ कम्पनीको १ करोड ७७ लाख १४ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ट्रेडिङ बाहेक बाँकी सबै समूहको सूचक तल झरेको छ । ३ कम्पनीको भाउ ९% भन्दा बढीले वृद्धि भएको छ । खरिदबिक्री रकममा नेपाल इन्फ्रास्टक्चर बैंक ७३ करोड ९४ लाख रुपैयाँसहित अग्रस्थानमा रहेको छ । दोस्रोमा अपर तामाकोशी र तेस्रोमा नबिल बैंक परेका छन् । 




 

Post Your Comment