Market Closed

ङादीको सेयर २१ चैतदेखि

25 Mar,2016
  • ngadi_3_25_2016_3_07_15.png
 
 
 
नेपाली पैसा 
 
 
ङादी ग्रुप पावर लिमिटेडले चैत २१ देखि साधारण सेयर निष्कासन गर्ने भएको छ । 
 
कम्पनीले एक सय रूपैयाँ अंकित मूल्यका नौ लाख ७३ हजार सात सय ३७ कित्ता सेयर जारी गर्न लागेको हो । यसमध्ये १९ हजार चार सय ७४ कित्ता कर्मचारीका लागि छुट्याइएको छ । 
लगानीकर्ताले न्यूनतम ५० र अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । निष्कासन बन्द चैत २४ मा हुने छ । एक सय रूपैयाँ अंकित मूल्यमा साधारण सेयर जारी गर्न लागिएको हो । 
 
कम्पनीले लमजुङ जिल्लामा पर्ने सिउरी खोला आयोजनाबाट पाँच मेगावट बिजुली उत्पादन गर्ने तयारी गरेको छ । कम्पनीले ७० प्रतिशत सेयर संस्थापकसँग राखेको छ । 
१० प्रतिशतत आयोजना प्रभावित क्षेत्रका जनता र बाँकी २० प्रतिशत कर्मचारीसहित सर्वसाधारणमा जारी गर्न लागिएको हो । 
 
ङादीको अधिकृत पुँजी ६६ करोड ७० लाख र जारी पुँजी ४८ करोड ६८ लाख ६८ हजार रहेको छ । चुक्ता पुँजीमध्ये संस्थापकबाट ३४ करोड आठ लाख चुक्ता भइसकेको र बाँकी रकम सर्वसाधारण र स्थानीय बासिन्दाबाट चुक्ता हुनेछ । 
 
स्थानीय बासिन्दालाई चार करोड ६८ लाख रूपैयाँ बराबरको सेयर वितरण भइसकेको छ । 
 
ङादीमा बिक्री प्रबन्धको काम एनआबीएल क्यापिटल लिमिटेडले गर्ने भएको छ । नेपाल इन्भेस्टमेन्ट बैंकका शाखासहित अन्य विभिन्न संस्थामा आवेदन दिन सकिने व्यवस्था छ । 
 
सकेसम्म डिम्याट खाता नम्बर उल्लेख गर्नसमेत बिक्री प्रबन्धकले आग्रह गरेको छ । 
 

Post Your Comment