नेपाल हाइड्रो डेभलपरको सेयर कारोबार सुरु, कति पायो ओपन रेन्ज ?

14 Nov,2017
  • cow-sign-open-range_11_14_2017_11_26_58.jpg
नेपाली पैसा
 
काठमाडौं : स्टक एक्सचेन्जमा नेपाल हाइड्रो डेभलपरको सेयर कारोबार सुरु भएको छ । नेप्सले नेपाल हाइड्रोको ओपन रेन्ज पनि तोकेको छ । नेपाल स्टक एक्सचेन्जले नेपाल हाइड्रोको पहिलो कारोबारका लागि न्यूनतम ८९ रुपैयाँदेखि अधिकतम २६७ रुपैयाँसम्म भाउ तोकेको छ । हाइड्रोले कारोबारका लागि ‘एनएजडीएल’ संकेत पाएको छ । कम्पनीले गत साउन २७ गतेदेखि ३२ गतेसम्म ३ लाख ९० हजार कित्ता आइपीओ निष्कासन गरेको थियो । यसमध्ये ७ हजार ८०० कित्ता कर्मचारी र १९ हजार ५०० कित्ता सेयर म्युचुअल फन्डहरुलाई छुट्याएर बाँकी रहेको ३ लाख ६२ हजार ७०० कित्ता सेयर सर्वसाधारणलाई बिक्री गरिएको थियो । यसमा ३६ हजार २७० जना लगानीकर्ताले सेयर पाएका थिए । 
 
 
 

Post Your Comment