नेपाली पैसा
काठमाडौं : न्यादी हाइड्रोपावर लिमिटेडले आइपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । न्यादीले प्रतिकित्ता १०० रुपैयाँ दरमा ४० लाख ५० हजार कित्ता आइपीओ बिक्री गर्न अनुमति मागेको हो । अनुमति पाएपछि कम्पनीले आइपीओ जारी गर्न पाउने छ । न्यादीले यस आइपीओको रेटिङ पनि गराएको छ । रेटिङ एजेन्सी केयर रेटिङ नेपालले न्यादीको आइपीओलाई औसत भन्दा कम आधार जनाउने ‘ग्रेड ४’ रेटिङ दिएको छ ।
यस हाइड्रोपावर आयोजनाको कुल लागत ६ अर्ब ४ करोड २५ लाख रुपैयाँ रहेको छ । यसले लमजुङ जिल्लाको मस्र्याङ्दी नगरपालिकास्थित न्यादी नदीमा ३० मेगावटको न्यादी हाइड्रोपावर प्रजेक्ट निर्माण गरिरहेको छ । न्यादी हाइड्रोपावर लिमिटेड सन् २००७ मा स्थापना भएको कम्पनी हो ।