Market Closed

नेशनल हाइड्रोको साधारणसभा असारभित्रै

30 May,2016
  • NHPC_5_30_2016_11_37_33.jpg
 
काठमाडौं : नेशनल हाइड्रोपावरको साधारणसभा असारभित्रै हुने भएको छ।
 
गत जेठ १० भएको पुनरावेदन अदालतको फैसलासँगै नेशनल हाइड्रोपावरविरुद्धको सबै मुद्दाको टुंगो लागिसकेकोले असारभित्र साधारणसभा गर्न बाटो खुलेको र त्यसका लागि तयारी भइरहेको जानकारी  कम्पनीले दिएको छ । 
 
कम्पनीले गरेको विशेष साधारणसभा स्थगित गराउन दीपक कार्की र योगन्द्र राईले हालेको निषेधाज्ञा मुद्दा अदालतले खारेज गरिदिएको कम्पनीले जारी गरेको  विज्ञप्तिमा उल्लेख छ । 
 
विज्ञप्तिअनुसार कार्की र राईविरुद्ध गैर कामकारबाही गर्दै हिँडेको भन्दै कम्पनी र सञ्चालक समिति अध्यक्ष कुमार पाण्डेले उजुरी दायर गरेका थिए । उक्त उजुरीमा दाबी फैसला पुगेको भन्दै अदालतले कार्की र राईलाई २०/२० हजार रुपैयाँ जरीवानासमेत गरेको छ ।
 
जेठ १० गते भएको अन्तिम मुद्दाको फैसलासँगै सम्पूर्ण मुद्दामामिला सकेको कम्पनीका सञ्चालक विश्वेश्वर सुवेदीले बताए । बजारमा आएजस्तो शेयर कारोबारमा समस्या नरहेको र सबै शेयर डिम्याटसमेत भइसकेको उनको भनाइ छ । आन्तरिक राजस्वलाई बुझाउनुपर्ने बक्यौता रकम किस्ताबन्दी रूपमा तिर्ने गरी समाधान गरिएको र अख्तियारले लाइसेन्स खारेज गरेको सुनकोशीलाई ब्युँताउन लागिपरेको कम्पनीले उल्लेख गरेको छ ।
 
ऊर्जा मन्त्रालयले हाल सुनकोशीको लाइसेन्स अख्तियारको बास्केटबाट झिकेर बोलकबोल माध्यमद्वारा छिट्टै प्रवद्र्धकलाई उपलब्ध गराउने कार्य अगाडि बढाएको छ । तर, यसरी लाइसेन्स दिँदा पनि नेशनल हाइड्रोबाहेक अन्यले उक्त परियोजना बनाउन सक्ने अवस्था नरहेको कम्पनीले बताएको छ । उक्त परियोजनाले प्रयोग गर्ने पानी, जग्गा र ट्रान्समिशनसमेत नेशनल हाइड्रोले नै प्रयोग गर्नुपर्ने भएकाले उक्त लाइसेन्स नेशनलले पाउने र सुनकोशी बन्ने कुरामा शङ्का नगर्न सुवेदीले आश्वस्त पारेका छन् 
 
साधारणसभाले अनुमोदन गर्न बाँकीसमेत ५ आर्थिक वर्षको वित्तीय विवरण अडिट गर्ने कार्य चलिरहेको र यही जेठ मसान्तसम्म अडिटको काम सकेर असार मसान्तभित्रै नियमित साधारणसभा गर्ने तयारी भएको सुवेदीले बताए ।
 
 

Post Your Comment