Market Closed

नेसनल हाइड्रोपावरको साधारण सभामा किन पुगेन कोरम ?

11 Dec,2016
  • national_hydro_12_11_2016_1_33_52.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेसनल हाइड्रोपावर कम्पनीको साधारण सभा कोरम नपुगेका कारण स्थगित भएको छ । 
 
कम्पनीको साधारण सभा गर्न ६७ प्रतिशत सेयर होल्डरको उपस्थिति हुनुपर्ने प्रावधानका कारण आइतबार सभा स्थगित गर्नुपरेको हो । 
 
सामान्यतयः ५१ प्रतिशत सेयरहोल्डरको उपस्थितिमा साधारण सभा गर्न सकिने प्रावधान हुने भए पनि नेसनल हाइड्रोमा ६७ प्रतिशत राखिएको छ । तर आइतबार जम्मा १० प्रतिशतमात्र सेयरहोल्डर उपस्थित भए । यसकारण कम्पनीलाई साधारण सभा गर्न गाह्रो भएको हो । 
 
नेसनल हाइड्रोमा संस्थापक समूहको त्यति बलियो उपस्थिति छैन । अधिकांश सेयर सर्वसाधारणमा छरिएर रहेको छ । छरिएर रहेका सबै सेयरहोल्डरलाई जम्मा गर्न कठिनाई भएकाले कम्पनीलाई साधारण सभा सम्पन्न गर्न अप्ठेरो परेको हो । 
 
अब एक सातापछि कम्पनीले फेरि अर्को साधारण सभा बोलाउन सक्नेछ । त्यतिबेला भने कुल सेयरहोल्डर संख्याको २५ प्रतिशतमात्र उपस्थित भए पनि साधारण सभा आयोजना गर्न सकिनेछ । 
 
आइतबार कुल दुई सय ४० जना सेयर होल्डरको १० लाख कित्ता बराबरमात्र सेयर संख्यामात्र प्रतिनिधित्व भएपछि कम्पनीले अर्को सूचना सार्वजनिक नहुँदासम्मका लागि स्थगित गर्नुपरेको हो । कम्पनीले केही समयपछि फेरि अर्को साधारण बोलाउने तयारी गरेको छ । 
 
यसअघि लथालिङ अवस्थामा रहेको कम्पनीलाई आमूल सुधार गरी अघि बढ्ने योजना अनुसार चार आर्थिक वर्षको साधारण सभा एकसाथ बोलाइएको थियो ।
साधारण सभा सम्पन्न गरी कम्पनीलाई नयाँ गति दिने योजना व्यवस्थापनले अघिसारेको थियो । 
 
साधारण सभामा आर्थिक वर्ष २०६९–०७० देखि २०७१–७२ सम्मको वार्षिक प्रतिवेदनमा पनि छलफल गरी पारित गर्ने एजेन्डा तय गरिएको थियो । 
 

Post Your Comment