Market Closed

इन्भेष्टमेन्ट बैंकको १८% बोनससहित १ करोड ९८ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत

17 Apr,2019
  • share_listing_3_22_2019_1_28_52.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपाल स्टक एक्सचेन्जमा बुधबार कुल १ करोड ९८ लाख २४ हजार २८ कित्ता सेयर सूचीकृत भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकको बोनस र बेस्ट फाइनान्सको हकप्रद सेयर सूचीकृत भएको हो । इन्भेष्टमेन्ट बैंकको १ करोड ९४ लाख ४३ हजार ८२ कित्ता बोनस सेयर सूचीकृत भएको छ । बैंकले गत पुस २९ मा भएको साधारण सभाबाट पारित १८% बोनस सेयर सूचीकृत गरेको हो ।
 
बोनसपछि यस बैंकको चुक्ता पुजी १२ अर्ब ५६ करोड १८ लाख ६ हजार ८२० पुगेको छ । यस्तै, बेस्ट फाइनान्स (साविकको सिनर्जी फाइनान्स) को ३ लाख ८० हजार ९३८ कित्ता हकप्रद सेयर सूचीकृत पनि बुधबार सूचीकृत भएको छ । फाइनान्सले गत असारमा १ः०.२५ अनुपातमा हकप्रद सेयर बिक्री गरेको थियो ।  

Post Your Comment