Market Closed

इन्भेष्टमेन्ट र जेबिल्सले एकै दिन बोलाए विशेष साधारण सभा, के छ खास एजेन्डा ?

05 Jun,2019
  • 1_3_11_2019_12_36_58.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपाल इन्भेष्टमेन्ट बैंकले जेबिल फाइनान्सलाई एक्वयार गर्ने भएको छ । एक्विजिसन सम्बन्धी प्रस्ताव पारित गर्न दुवै वित्तीय संस्थाले असार ६ गते विशेष साधारण सभा डाकेका छन् । नेपाल इन्भेष्टमेन्ट बैंकले १००ः३३ सेयर स्वाप रेसियोमा जेबिल्स फाइनान्सलाई एक्वायर गर्न लागेको हो । केही समय अघि नै यो स्वाप रेसियोलाई फाइनान्सको सञ्चालक समिति बैठकले संयुक्त मर्जर कमिटिको सिफारिसलाई आधार मानेर अनुमोदन गरिसकेको छ ।

अब जेबिल्स फाइनान्सको १०० कित्ता सेयर हुनेले इन्भेष्टमेन्ट बैंकको ३३ कित्ता सेयर पाउनेछन् । सभाबाट उक्त स्वाप रेसियो पनि पारित गर्ने एजेन्डा रहेको छ । एक्विजिसनका लागि नियामक निकायको निर्देशन बमोजिम काम गर्ने सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पेश हुनेछ ।
 
विशेष साधारणसभा प्रयोजनका लागि जेबिल्सले जेठ २७ गते बुक क्लोज गर्ने भएको छ । इन्भेष्टमेन्ट बैंकले भने जेठ २९ गतेदेखि साधारणसभा सम्पन्न नभएसम्मका लागि बुक क्लोज गर्ने जनाएको छ । बुक क्लोज मिति भन्दा अघि कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् । तर एक्विजिसन प्रक्रियामा रहेकाले जेबिल्सको सेयर कारोबार भने फागुन २८ गतेदेखि नै रोक्का रहेको छ ।\

इन्भेष्टमेन्ट बैंकको विशेष साधारण सभाको एजेन्डा हेर्नुहोस् ।

Post Your Comment