Market Closed

इन्भेष्टमेन्ट र जेबिल्सले शुक्रबार बोलाए विशेष साधारण सभा, जेबिल्सको विलय हुँदै

19 Jun,2019
  • acquire_img_6_19_2019_11_40_33.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेपाल इन्भेष्टमेन्ट बैंकले जेबिल्स फाइनान्सलाई गाभ्ने प्रस्ताव पारित गर्न दुवै संस्थाले असार ६ गते शुक्रबार विशेष साधारण सभा बोलाएका छन् । इन्भेष्टमेन्ट बैंकले १००ः३३ सेयर स्वाप रेसियोमा जेबिल्स फाइनान्सलाई एक्वायर गर्न लागेको हो । यो स्वाप रेसियोलाई जेबिल्स फाइनान्स सञ्चालक समिति बैठकले अनुमोदन गरिसकेको छ ।
 
अब जेबिल्स फाइनान्सको १०० कित्ता सेयर हुनेले इन्भेष्टमेन्ट बैंकको ३३ कित्ता सेयर पाउनेछन् । सभाबाट उक्त स्वाप रेसियो पारित गर्ने एजेन्डा रहेको छ । एक्विजिसनका लागि नियामक निकायको निर्देशन बमोजिम काम गर्ने सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पेश हुनेछ ।
 
विशेष साधारणसभा प्रयोजनका लागि जेबिल्सले जेठ २७ गते बुक क्लोज गरेको छ । इन्भेष्टमेन्ट बैंकले भने जेठ २९ गतेदेखि साधारणसभा सम्पन्न नभएसम्मका लागि बुक क्लोज गरेको छ । बुक क्लोज मिति भन्दा अघि कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् । तर एक्विजिसन प्रक्रियामा रहेकाले जेबिल्सको सेयर कारोबार भने फागुन २८ गतेदेखि नै रोक्का छ ।

इन्भेष्टमेन्ट बैंकको विशेष साधारण सभाको एजेन्डा हेर्नुहोस् ।

Post Your Comment