Market Closed

इन्भेष्टमेन्ट बैंक र जेबिल्स फाइनान्सको सोमबारदेखि हुने भयो एकीकृत कारोबार

14 Jul,2019
  • acquire_img_6_19_2019_11_40_33.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपाल इन्भेष्टमेन्ट बैंक र जेबिल्स फाइनान्सबीच एक्विजिसन प्रक्रिया सम्पन्न भएको छ । इन्भेष्टमेन्टले जेबिल्सलाई एक्वायर गरी सोमबार (असार ३० गते) देखि एकीकृत कारोबार गर्ने भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार हुनेछ ।
 
यी दुई कम्पनीले असार ६ गतेको विशेष साधारण सभाबाट मर्जर सम्बन्धी विशेष प्रस्ताव पारित गरेका थिए । इन्भेष्टमेन्ट बैंकले १००ः३३ सेयर स्वाप रेसियोमा जेबिल्स फाइनान्सलाई एक्वायर गरेको हो । तसर्थ, जेबिल्स फाइनान्सको १०० कित्ता सेयर हुनेले इन्भेष्टमेन्ट बैंकको ३३ कित्ता सेयर पाउनेछन् ।
 
एक्विजिसनपछि नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको केन्द्रीय कार्यालय साविकै काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं १, दरबारमार्गमा रहने कम्पनीले जनाएको छ । 

Post Your Comment