सी–आस्वामा दर्ता हुन इन्भेष्टमेन्ट बैंकको आग्रह, मुक्तिनाथले गर्यो मेरो सेयर निःशुल्क

21 Feb,2018
  • CASBA_2_21_2018_2_46_10.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपाल इन्भेष्टमेन्ट बैंकले खातावालहरुलाई सी–आस्वा रजिष्ट्रेसन नम्बर (सीआरएन) लिन आग्रह गरेको छ । शुक्रबारबाट अनिवार्य रुपमा सी–आस्वा प्रणालीमार्फत सेयर भर्नुपर्ने भएकाले सी–आस्वा रजिष्ट्रेसन दर्ता फारम भरी नम्बर लिन अनुरोध गरेको हो । बैंकले रसुवागढी हाइड्रोपावर र सान्जेन जलविद्युत कम्पनीको सेयरमा नेपाल धितोपत्र बोर्डको नियम अनुसार सी–आस्वा प्रणालीमार्फत सेयर आवेदन गर्न सकिने भएकाले सम्बन्धीत सबै आवेदक ग्राहकहरुलाई सी–आस्वामा दर्ता हुन अनुरोध गरेको छ ।
 
यस्तै, मुक्तिानाथ विकास बैंकले पनि आफ्नो बैंक खातालाई सी–आस्वामा दर्ता गरी सीआरएन नम्बर लिन आग्रह गरेका छ । बैंकले सी–आस्वा मार्फत मेरो सेयरमा आवेदन गर्दा कुनै शुल्क नलाग्ने पनि उल्लेख गरेको छ । सीडीएस एन्ड क्लियरिङ लिमीटेडले ‘धितोपत्र सार्वजनिक निष्कासनको केन्द्रीकृत विद्यूतीय सेवा सम्बन्धी सञ्चालन निर्देशका, २०७४’ को कार्यान्वयन गरी आगामी फागुन ११ देखि सार्वजनिक निष्कासनमा धितोपत्र खरीदको आवेदन अनिवार्य रुपमा सी–आस्वामार्फत हुनुपर्ने व्यवस्था गरेको छ । 

Post Your Comment