नेप्सेमा १ करोड ७८ लाख कित्ता बोनस सूचीकृत, इन्भेष्टमेन्ट बैंकको सबैभन्दा धेरै

26 Apr,2018
  • Listing_4_26_2018_2_29_29.jpg
नेपाली पैसा
 
काठमाडौं : नेप्सेमा बिहीबार ६ वटा बैंक तथा वित्तीय संस्थाको १ करोड ७८ लाख ६६ हजार ७११.३५ कित्ता बोनस सेयर सूचीकृत भएको छ । सूचीकृत हुनेमा सबैभन्दा धेरै नेपाल इन्भेष्टमेन्ट बैंकको मात्रै १ करोड ४० लाख ५२ हजार २०१.३५ कित्ता बोनस सेयर रहेको छ । यो बैंकले १५% बोनस सेयर दिएको थियो ।

 

यता, शिखर इन्सुरेन्सको पुस ७ गतेको वार्षिक साधारण सभाबाट पारित २९% बोनस सेयर सूचीकृत भएको छ । बिहीबार महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाले पनि ५०% बोनस सूचीकृत गराएको छ । यसैगरी, बोनस सूचीकृत गराउनेमा गुडविल फाइनान्स, साल्ट ट्रेडिङ कर्पोरेसन र सप्तकोशी डेभलपमेन्ट बैंक पनि रहेका छन् ।

Post Your Comment