Market Closed

इन्भेस्टमेन्टले बोलायो साधारण सभा , अधिकृत पुँजी १५ अर्ब पुर्याउने प्रस्ताव

31 Aug,2016
  • nib_8_31_2016_11_57_20.jpg
नेपाली पैसा 
काठमाडौं : नेपाल इन्भेस्टमेन्ट बैंकको साधारण सभा असोज ११ मा हुने भएको छ । 
 
बैंकले साधारण सभाका लागि लागि भदौ २१ देखि असोज ११ गतेसम्म सेयरधनी दर्ता किताब बन्द गर्ने निर्णय गरेको छ । 
 
बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले यस्तो निर्णय गरेको हो । असोज ११ मा राष्ट्रिय सभा गृहमा हुने साधारण सभामा बैंकले २१ प्रतिशत नगद लाभांश र २० प्रतिशत बोनस सेयरको प्रस्ताव लैजादैछ । 
 
साधारण सभाले सर्वसाधारण सेयरधनी समूहबाट दुई जना सञ्चालकसमेत चयन गर्दैछ । बैंकले अधिकृत पुँजी वृद्धि गरी १५ अर्ब पुर्याउने विशेष प्रस्तावसमेत साधारण सभामा लैजादैछ । 
 
बोनस सेयर जारी गर्दा हुन आउने दशमलबपछिको अंक (फ्र्याक्सन सेयर) सेयरको नपुग रकम सम्बन्धित सेयरधनीबाट लिने र त्यस सेयरलाई एकमा परिणत गर्ने विशेष प्रस्ताव पनि साधारण सभामा पेस गरिने भएको छ । 
 
बैंकले यसअघि एफपीओ सेयरमा पनि फ्र्याक्सनको नपुग पैसा लिएर एक कित्ता सेयर थपेर दिएको थियो । इन्भेस्टमेन्ट बैंक धेरै चुक्ता पुँजी र रिभर्ज कोष हुने बैंकहरूको समूहमा पर्छ । 
 
लेखापरीक्षण भएको वासलत अनुसार यो बैंकको चुक्ता पुँजी आठ अर्ब ७० करोड ६६ लाख ११ हजार सात सय ६० रूपैयाँ चुक्ता पुँजी छ भने जगेडा कोषमा सात अर्ब ५८ करोड ११ लाख ३९ हजार आठ सय ५७ रूपैयाँ छ । 

Post Your Comment