Market Closed

इन्भेष्टमेन्ट बैंकको एकै दिन ३ ठाउँमा शाखा विस्तार

27 Feb,2018
  • photo_of_branch_opening_2_27_2018_4_36_07.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपाल इन्भेष्टमेन्ट बैंकले एकै दिन तीन ठाउँमा शाखा विस्तार गरेको छ । बैंकले पर्वत, बैतडी र भोजपुरमा शाखा विस्तार गरेको छ । यीसँगै अब बैंकको शाखा संख्या ६६ वटा पुगेको छ । पर्वतको जलजला गाउँपालिका, बैतडीको सुर्नया गाउँपालिकास्थित सतबाज र भोजपुरको पौदुम्मा गाउँपालिकास्थित तिवारी भन्ज्याङमा शाखा विस्तार गरेको बैंकले जनाएको छ ।

पर्वतको जलजलासहित दमौली, वालिङ, पोखरा, लेकसाइट गरी प्रदेश नम्बर ४ मा नेपाल इन्भेष्टमेन्ट बैंकको ५ वटा शाखा पुगेको छ । त्यस्तै, बैतडीको सतबाजसहित दिपायल, मंगलशेन धनगढी गरी प्रदेश नम्बर ७ मा ४ वटा शाखा र भोजपुरको तिवारी भन्ज्याङसहित बिर्तामोड, उर्लाबारी, विराटनगर, इटहरी, गाईघाट, खादबारी र लुक्ला गरी अब प्रदेश नम्बर १ मा नेपाल इन्भेष्टमेन्ट बैंकको ८ वटा शाखा पुगेको छ ।

बैंकले ग्रामीण क्षेत्रका ग्राहक सेवालाई ध्यानमा राखी प्रदेश अनुसार वित्तीय संजाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने योजना अनुसार शाखा विस्तार गरेको हो । बैंकिङ सुविधाबाट टाढा रहेका ग्रामीण क्षेत्रका स्थानीयलाई आर्थिक कारोबारमा सहज हुने र सहुलियत रुपमा ऋण उपलब्ध गराई साना तथा मझौला उद्योग तथा कृषि व्यवसायमा सहयोग गर्ने उद्देश्य रहेको बैंकले जनाएको छ ।

Post Your Comment