Market Closed

इन्भेष्टमेन्ट बैंकले १८% बोनस डिम्याट खातामै पठायो, नपाउनेले अब के गर्ने ?

24 Apr,2019
  • nibl_12_25_2018_10_31_23.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेपाल इन्भेष्टमेन्ट बैंकले १८% बोनस सेयर लगानीकर्ताको डिम्याट खातामै जम्मा गरिदिएको छ । गत पुस १० गतेसम्म सेयर डिम्याट गरेका लगानीकर्ताको खातामा बोनस जम्मा गरिएको हो । त्यसपछि भौतिक प्रमाणपत्र डिम्याट गर्नेहरुको पनि खातामै बोनस पठाउने काम भइरहेको बैंकले जनाएको छ ।

तर अहिलेसम्म पनि सेयरका भौतिक प्रमाणपत्र लिएर बस्नेले भने तत्काल प्रमाणपत्र अभौतिकीकरण (डिम्याट) गर्नुपर्नेछ । डिम्याट गरेपछि मात्र खातामा सेयर जम्मा हुनेछ । यता, पुस १० गतेसम्म सेयर धितोबन्धक राखेर कर्जा लिएकाहरुले कर्जा फुकुवा भएपछि मात्र यस्ता सेयर खरिदबिक्री गर्न पाउनेछन् ।

लगानीकर्ताकै डिम्याट खातामा सेयर जम्मा भए पनि किनबेच गर्न नमिल्ने गरी रोक्का गरिनेछ । यता, विगत वर्षहरुमा वितरण गरेको लाभांश नलिएका लगानीकर्तालाई तत्काल बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलमा सम्पर्क गरेर लैजान समेत इन्भेष्टमेन्ट बैंकले आग्रह गरेको छ । 
 

Post Your Comment