Market Closed

इन्भेष्टमेन्ट बैंकको यी दुई जनाले बेच्दैछन् १ लाख १४ हजार कित्ता सेयर

10 Sep,2019
  • nibl_8_15_2019_8_18_56.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपाल इन्भेष्टमेन्ट बैंकका २ जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको १ लाख १४ हजार ७५१ कित्ता सेयर बिक्री गर्ने भएका छन् । संस्थापक तीर्थमाया पलान्चोकेले १ लाख १० हजार ६३२ कित्ता र रनु श्रेष्ठले आफ्नो नाममा रहेको ४ हजार ११९ कित्ता सेयर बिक्री गर्न लागेका हुन् । 
 
यसमा इन्भेष्टमेन्ट बैंककै संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापकले अब ३५ दिनभित्र इन्भेष्टमेन्ट बैंकको प्रधान कार्यालय दरबारमार्ग काठमाडौंको सेयर रजिष्ट्रार विभागमा निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ । 
 
हाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १२ अर्ब ८६ करोड ९७ लाख रुपैयाँ छ । असार मसान्त सम्ममा बैंकले ३ अर्ब ४१ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । इन्भेष्टमेन्टको प्रतिसेयर आम्दानी २६ रुपैयाँ ५४ पैसा र प्रतिसेयर नेटवर्थ १९९ रुपैयाँ ७८ पैसा छ । 
 

Post Your Comment