Market Closed

अजोड इन्सुरेन्सको ३० करोड रुपैयाँको आइपीओमा एनआइबीएल एस बिक्री प्रबन्धक नियुक्त

15 Oct,2019
  • nibl_ace_10_15_2019_12_54_09.jpg
नेपाली पैसा 
 
काठमाडौं : अजोड इन्सुरेन्सको ३० करोड रुपैयाँको ३० लाख कित्ता आइपीओ आउने भएको छ । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्नेछ । कम्पनीले प्रतिसेयर १ सय रुपैयाँ अंकित दरमा आइपीओ जारी गर्न लागेको हो । सेयर निष्कासन सम्बन्धी सम्झौतापत्रमा अजोड इन्सुरेन्सको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापा र एनआइबीएल एस क्यापिटलका नायव प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापाले हस्ताक्षर गरे ।

अजोड इन्सुरेन्सको अधिकृत पुँजी १ अर्व, जारी पुँजी १ अर्व र चुक्ता पुँजी ७० करोड रहेको छ । सर्वसाधारणलाई सेयर जारी गरेपछि कम्पनीको चुक्ता पुँजी पनि १ अर्व पुग्नेछ । अजोड २०६४ चैत २० मा पब्लिक लिमिटेड कम्पनीका रुपमा कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भई स्थापना भएको हो । यसले २०७४ माग २४ गते बिमा समितिबाट निर्जीवन बीमा कारोबार गर्न विमकको प्रमाणपत्र प्राप्त गरेको थियो ।

यस कम्पनीले २०७४ वैशाख २१ गतेदेखि बिमा सम्बन्धी कारोवार शुुभारम्भ गरेको हो । यस कम्पनीको केन्द्रीय कार्यालय काठमाण्डौ महानगरपालिका वडा नं.११ स्थित सि.टि.सि. मल सातौं तल्ला सुन्धारा, काठमाण्डौंमा रहेको छ । कम्पनीले कारोवार सुरु गरेको छोटो अवधिमै नेपालका मुख्य शहरहरु लगायत सातै प्रदेशमा प्रादेशिक, शाखा तथा उपशाखा कार्यालयहरु खोलेर काम सुरु गरिसकेको छ 
 

Post Your Comment