Market Closed

एनआइबीएल प्रगति फन्डको प्रतिइकाई खुद मूल्य १० रुपैयाँ ३७ पैसा, सेयर लगानी कुनमा बढी ?

31 May,2017
  • nibl-pragati-fund_5_31_2017_1_23_21.jpg
 नेपाली पैसा
 
काठमाडौं : एनआइबीएल प्रगति फन्डको वैशाख महिनामा प्रतिइकाई खुद मूल्य १० रुपैयाँ ३७ पैसा कायम भएको छ । यो फन्डको प्रतिइकाई खुद मूल्य चैत महिनाको तुलनामा ३७ पैसा घटेको हो । चैतमा यसको प्रतिइकाई खुद मुल्य १० रुपैयाँ ७४ पैसा थियो । यस्तै, यस प्रगति फन्डको खुद सम्पत्ति मूल्य चैतमा भन्दा २ करोड ८० लाख ५ हजार ४६९ रुपैयाँले घटेर ७७ करोड ७६ लाख ३ हजार ८४९ रुपैयाँमा झरेको छ । चैतमा एनआइबीएल प्रगति फन्डको खुद सम्पति ८० करोड ५६ लाख ९ हजार ३१८ रुपैयाँ थियो । कम्पनीले वैशाख महिनासम्ममा सूचीकृत सेयरमा ३९ करोड ७४ लाख ३९ हजार ३१० रुपैयाँ लगानी गरेको छ । यो लगानी अघिल्लो महिनाभन्दा १० करोड २३ लाख ६७ हजार २७९ रुपैयाँले धेरै हो । चैतमा कम्पनीले सूचीकृत सेयरमा २९ करोड ५० लाख ७२ हजार ३१ रुपैयाँमात्र लगानी गरेको थियो ।

यस्तै, यस फन्डको वैशाखसम्ममा बैंक मौज्दातमा ३८ करोड ७४ लाख ७४ हजार २६७ रुपैयाँ छ । आइपीओ, हकप्रद र बोनस सेयरमा गरी १ करोड १५ लाख २४ हजार ९५३ रुपैयाँ लगानी गरेको देखिन्छ । यस फन्डले वैशाख सम्ममा ४३ वटा कम्पनीको सेयरमा कुल ३९ करोड ७४ लाख ३९ हजार ३१० रुपैयाँ लगानी गरेको छ । जसमा सबैभन्दा धेरै बंगलादेश बैंकको ३० हजार १४० कित्ता सेयर किनेको छ । बंगलादेश बैंकको सेयरमा १ करोड २९ लाख ६० हजार २०० रुपैयाँ लगानी छ । यस्तै, यस फन्डले सिटिजन्स बैंक, प्राइम बैंकको पनि धेरै कित्ता सेयर होल्ड गरेको छ । 
 

Post Your Comment