Market Closed

एनआइबीएलका प्रगति फन्डको प्रतिइकाई खुद मूल्य ८.०४ रुपैयाँ, कति छ सेयर लागानी ?

21 Jun,2018
  • nibl-pragati-fund_6_21_2018_4_07_34.jpg
नेपाली पैसा
 
काठमाडौं : एनआइबीएल प्रगति फन्डको प्रतिइकाई खुद सम्पति मूल्य जेठ महिनामा ५८ पैसाले घटेर ८ रुपैयाँ ४ पैसामा आएको छ । अघिल्लो महिनामा यो फन्डको प्रतिइकाई खुद मूल्य ८ रुपैयाँ ६२ पैसा थियो । यो फन्डको सूचीकृत सेयरमा लगानी पनि २ करोड ७३ लाख ८६ हजार ७४३ रुपैयाँले घटेर ५५ करोड ११ लाख ७० हजार ४८६ रुपैयाँमा झरेको छ । प्रगति फन्डले कुल ६४ कम्पनीको सेयर होल्ड गरेको छ । 
 
सबैभन्दा धेरै नेपाल बैंकको ४५ हजार ५३९ कित्ता सेयर होल्ड गरेको छ । रकमका आधारमा भने सबैभन्दा धेरै नेसनल लाइफ इन्सुरेन्समा २ करोड ८८ लाख ७७ हजार २०५ रुपैयाँ लगानी गरेको छ । प्रगति फन्डको जम्मा जारी इकाई ७ करोड ५० लाख हो । यो फन्ड एनआइसीएल क्यापिटलको व्यवस्थापनमा सञ्चालित छ ।

Post Your Comment