पुँजी बजार खस्किंदा म्युचुअल फन्डहरु पनि प्रत्यक्ष मारमा, प्रगति फन्डलाई हेरौं

26 Jul,2018
  • nibl-pragati-fund_6_21__7_26_2018_1_41_32.jpg
नेपाली पैसा
 
काठमाडौं : पुँजी बजार सुस्त हुँदा त्यसको प्रत्यक्ष असर म्युचुअल फन्डहरुमा पनि देखिन थालेको छ । म्युचुअल फन्डहरुले सेयर बजारमा लगानी गरेका हुन्छ । दोस्रो बजारमा सेयर भाउ घट्दा त्यसको प्रत्यक्ष असर म्युचुअल फन्डको प्रतिइकाई खुद सम्पति मूल्यमा पनि देखिएको हो । म्युचअल फन्डहरुले प्रत्येक महिना रिपोर्ट सार्वजनिक गर्छन् ।

पछिल्ला महिनाहरुमा प्रायजसोः सबैको प्रतिइकाई खुद सम्पति मूल्यमा ह्रास आएको देख्न सकिन्छ । पछिल्लो पटक रिपोर्ट सार्वजनिक गरेका एनआइबीएल एस क्यापिटलको व्यवस्थापनमा सञ्चालित प्रगति फन्ड र समृद्धि फन्ड दुवैको प्रतिइकाई खुद सम्पति मूल्य पनि खस्किएको देख्न सकिन्छ । 
 
एनआइबीएल प्रगति फन्डको कस्तो छ अवस्था ? 
 
एनआइबीएल प्रगति फन्डको प्रतिइकाई खुद सम्पति मूल्य असारमा २३ पैसाले घटेर ७ रुपैयाँ ८१ पैसामा सीमित भएको छ । जेठ महिनामा यो फन्डको प्रतिइकाई खुद मूल्य ८ रुपैयाँ ०४ पैसा थियो । खुद सम्पत्ति मूल्य पनि १ करोड ७५ लाख ४ हजार ५६९ रुपैयाँले घटेर ५८ करोड ५८ लाख २ हजार २५६ रुपैयाँमा ओर्लिएको छ । अघिल्लो महिना एनआइबीएलको खुद सम्पत्ति मूल्य ६० करोड ३३ लाख ६ हजार ८२५ रुपैयाँ रहेको थियो । 


 
असार सम्ममा यस फन्डको सूचीकृत सेयरमा ५२ करोड ९१ लाख ६१ हजार ६२० रुपैयाँ लगानी रहेको छ । यो अघिल्लो महिलनाको तुलनामा २ करोड २० लाख ८ हजार ८६६ रुपैयाँले कम हो । जेठमा एनआइबीएलले ५५ करोड ११ लाख ७० हजार ४८६ रुपैयाँ सूचीकृत सेयरमा लगानी गरेको थियो । 
 
प्रगति फन्डले कुल ६४ कम्पनीको सेयर होल्ड गरेको छ । जसमा सबैभन्दा धेरै नेपाल बैंकको ४५ हजार ५३९ कित्ता सेयर रहेको छ । रकमका आधारमा भने सबैभन्दा धेरै रैराङ हाइड्रोपावरको २ करोड ७० लाख २७ हजार ६७६ रुपैयाँ लगानी गरेको छ । प्रगति फन्डको जम्मा जारी इकाई ७ करोड ५० लाख हो । यो फन्ड एनआइबीएल एस क्यापिटलको व्यवस्थापनमा सञ्चालित छ ।

र, यो पनि पढ्नुहोस ।
 

Post Your Comment