Market Closed

एनआइबीएल प्रगति फन्डको प्रतिइकाई खुद सम्पति मूल्य झन् घट्यो, ७ रुपैयाँ ६३ पैसामा सीमित

29 Aug,2018
  • mutual-fund-_2_23_2018_11_32_15_2_26_2018_1_54_33.jpg
नेपाली पैसा
 
काठमाडौं : एनआइबीएल प्रगति फन्डको प्रतिइकाई खुद सम्पति मूल्य साउन महिनामा २० पैसाले घटेर ७ रुपैयाँ ६३ पैसामा आएको छ । अघिल्लो महिना प्रतिइकाई खुद मूल्य ७ रुपैयाँ ८१ पैसा थियो । सूचीकृत सेयरमा लगानी पनि ५८ लाख ४२ हजार ७६६ रुपैयाँले घटेर ५२ करोड ३३ लाख १८ हजार ८५४ रुपैयाँमा झरेको छ ।

असारमा भने सूचीकृत सेयरमा लगानी ५२ करोड ९१ लाख ६१ हजार ६२० रुपैयाँ रहेको थियो । यस फन्डको खुद सम्पत्ति मूल्य पनि ५८ करोड ५८ लाखबाट घटेर ५७ करोड १९ लाख ८३ हजार ६४ रुपैयाँमा खुम्चिएको छ । साउन सम्ममा फन्डको बैंक मौज्दातमा १ करोड ६७ लाख ९८ हजार ९२० रुपैयाँ रहेको छ । जबकी असारमा बैंक मौज्दातमा २ करोड ५२ लाख २१ हजार ९९२ रुपैयाँ थियो । 

 
प्रगति फन्डले हालसम्म कुल ६४ कम्पनीको सेयर होल्ड गरेको छ । जसमा सबैभन्दा धेरै नेपाल बैंकको ४५ हजार ५३९ कित्ता सेयर छ । रकमका आधारमा भने सबैभन्दा धेरै एसियन लाइफ इन्सुरेन्समा २ करोड ४५ लाख ३४ हजार ६४० रुपैयाँ लगानी छ । प्रगति फन्डको जम्मा जारी इकाई ७ करोड ५० लाख हो । यो फन्ड एनआइसीएल क्यापिटलको व्यवस्थापनमा सञ्चालित छ ।

हेर्नुहोस् एनआइबीएल प्रगति फन्डको अवस्था 
 

Post Your Comment