Market Closed

म्युचुअल फन्डहरु बल्ल तंग्रिए, सेयर बजार बढ्दा कसलाई मिल्यो बढी राहत ?

01 Oct,2018
  • mutualfund_10_1_2018_8_44_58.jpg
नेपाली पैसा
 
काठमाडौं : नेप्सेमा सूचीकृत १३ मध्ये ११ म्युचुअल फन्डहरुको भदौमा प्रतिइकाई खुद सम्पति मूल्य बढेको छ । झन्डै एक महिनाको बुलिस बजारले अधिकांश म्युचुअल फन्डहरुको प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) मा पनि सुधार ल्याएको हो । भदौ महिनाको मध्यदेखि नै पुँजी बजार सुधारको क्रममा देखिँदा म्युचुअल फन्डहरुको प्रतिइकाई खुद मल्यमा पनि सकारात्मक प्रभाव परेको प्रष्ट बुझ्न सकिन्छ ।
 
म्युचुअल फन्डहरुको मुख्य लगानीको क्षेत्र सेयर बजार हुने गरेको छ । यसर्थ, बजारमा सुधार आउँदा फन्डहरुको सम्पतिमा पनि सुधार देखिन्छ । भदौमा एनआइबीएल प्रगति फन्डको सबैभन्दा धेरै ३७ पैसाले प्रतिइकाई खुद सम्पति मूल्य बढेको छ । यसैगरी, एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्डको पनि २५ पैसाले माथि लागेको छ । सिद्धार्थ इक्विटी ओरियन्टेड स्कीम र एनआइबीएल समृद्धि फन्डको प्रतिइकाई खुद सम्पति मूल्य भने क्रमशः ९६ पैसा र ७६ पैसाले घटेको छ ।

 
यता, अधिकांश म्युचुअल फन्डले सेयर लगानी अनुपात पनि बढाएका छन् । साउनको तुलनामा भदौमा ९ वटा म्युचुअल फन्डहरुले सूचीकृत सेयरमा लगानी बढाएका हुन् । सबैभन्दा धेरै सिटिजन्स म्युचुअल फन्डको लगानी बढेको छ । यो फन्डले ११ लाख ३४ हजार ६५१ कित्ता सेयर थपेर भदौमा २१ लाख ११ हजार ४१२ कित्ता पुर्याएको छ । 
 

Post Your Comment