एनआइबीएल प्रगति फन्डको न्याभ घटेर ७ रुपैयाँ ८१ पैसामा ओर्लियो, बैंक निक्षेप बढाउँदै

29 Oct,2018
  • mutualfund_10_1_2018_8_44_58.jpg
नेपाली पैसा
 
काठमाडौं : एनआइबीएल प्रगति फन्डको असोज महिनामा प्रतिइकाई खुद सम्पति मूल्य ७ रुपैयाँ ८१ पैसा कायम भएको छ । भदौको तुलनामा यो १९ पैसाले घटेको हो । भदौमा यसको प्रतिइकाई खुद सम्पत्ति मूल्य ८ रुपैयाँ थियो । एनआइबीएल प्रगति फन्डले सूचीकृत सेयरमा लगानी ४० लाख १७ हजार ६४७ रुपैयाँले बढाएर ५५ करोड ५७ लाख ८१ हजार ९६२ रुपैयाँ पुर्याएको छ । भदौमा सूचीकृत सेयरमा लगानी ५५ करोड १७ लाख ६४ हजार ३१५ रुपैयाँ थियो । 
 
यस फन्डको खुद सम्पत्ति मूल्य भने ५९ करोड ९८ लाखबाट घटेर ५८ करोड ५७ लाख ५० हजार रुपैयाँमा खुम्चिएको छ । फन्डले बैंकमा निक्षेप थप बढाएको छ । असोज सम्ममा फन्डको बैंक मौज्दातमा ३ करोड ९ लाख ८६ हजार १४२ रुपैयाँ रहेको छ । जबकी भदौमा बैंक मौज्दातमा जम्मा १ करोड ४८ लाख ५२ हजार ६४२ रुपैयाँ मात्र थियो । 
 
प्रगति फन्डले हालसम्म कुल ६५ कम्पनीको सेयर होल्ड गरेको छ । जसमा सबैभन्दा धेरै नेपाल बैंकको १ लाख १५ हजार ५३९ कित्ता सेयर छ । रकममा हिसाब गर्दा पनि सबैभन्दा धेरै नेपाल बैंककै सेयरमा ३ करोड ५९ लाख ३२ हजार ६२९ रुपैयाँ लगानी छ । प्रगति फन्डको जम्मा जारी इकाई ७ करोड ५० लाख हो । 


 

Post Your Comment