Market Closed

एनआइबीएल प्रगति फन्डको नबिल बैंकमा धेरै लगानी

30 Jun,2020
  • mutual_2_27_2020_10_06_11.jpg
नेपाली पैसा
 
काठमाडौं : एनआइबीएल प्रगति फन्डको जेठमसान्तसम्म आइपुग्दा प्रतिइकाई खुद सम्पतिमूल्य (न्याभ) ८ रुपैयाँ ५४ पैसा रहेको छ । यो अघिल्लो महिनाको भन्दा ०३ पैसाले मात्रै बढी हो । वैशाखमा यसको न्याभ ८ रुपैयाँ ५१ पैसा थियो । सूचीकृत कम्पनीको सेयरमा लगानी ५७ करोड ११ लाख ७१ हजार रुपैयाँ पुगेको छ । यो अघिल्लो महिनाको भन्दा४७ लाख ३७ रुपैयाँ बढी हो । वैशाखमा यस फन्डको सूचीकृत कम्पनीको सेयरमा लगानी ५६ करोड ६४ लाख ३४ हजार रुपैयाँ थियो ।
 
वैशाखमा ४ करोड ३६ लाख २४ हजार रुपैयाँ रहेको बैंक मौज्दात जेठमा ६ करोड १३ लाख ४३ हजार रुपैयाँमा आएको छ । यस अवधिमा यस फन्डले ८६ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ । सबैभन्दा धेरै लगानी नबिल बैंकको सेयरमा रहेको छ । यस बैंकको संस्थापक सेयरमा ३८ हजार ४ सय ८४ कित्ता सेयरमा २५ करोड ३९ लाख ९९ हजार रुपैयाँ लगानी गरेको छ । 
 
 

Post Your Comment