Market Closed

एनआइबीएल प्रगति फन्डको न्याभ ७ पैसा घट्दा समृद्धि फन्डको यस्तो छ अवस्था

30 Aug,2019
  • mutualfund_10_1_2018_8_44_58.jpg
नेपाली पैसा
 
काठमाडौं : एनआइबीएल क्यापिटलको व्यवस्थापनमा सञ्चालित दुई बन्दमुखी म्युचुअल फन्डहरुको प्रतिइकाई खुद सम्पति मूल्य घटेको छ । एनआइबीएल प्रगति फन्डको प्रतिइकाई खुद सम्पति मूल्य साउन महिनामा ७ पैसाले घटेर ८ रुपैयाँ २१ पैसामा आइपुगेको छ । अघिल्लो महिनामा यो फन्डको प्रतिइकाई खुद मूल्य ८ रुपैयाँ २८ पैसा रहेको थियो । 
 
यो फन्डको सूचीकृत सेयरमा लगानी भने ९ लाख ७८ हजार रुपैयाँले बढेर ५६ करोड ४२ लाख ६० हजार रुपैयाँ पुगेको छ । प्रगति फन्डले विभिन्न म्युचुअल फन्डसहित कुल ७९ वटा कम्पनीको सेयर होल्ड गरेको छ । सबैभन्दा धेरै नेपाल बैंकको ७२ हजार २७१ कित्ता सेयरमा लगानी गरेको छ । यसको बैंक मौज्दातमा ५ करोड ५७ लाख ८ हजार रुपैयाँ रहेको छ ।
 
यता, एनआइबीएल समृद्धि फन्ड–१ को प्रतिइकाई खुद सम्पति मूल्य पनि साउन मसान्तमा १३ पैसाले घटेर १० रुपैयाँ ५६ पैसा कायम भएको छ । अघिल्लो महिना यो फन्डको प्रतिइकाई खुद मूल्य १० रुपैयाँ ६९ पैसा थियो । यसले ८७ वटा सूचीकृत कम्पनीमा ७३ करोड ६६ लाख २२ हजार रुपैयाँ लगानी गरेको छ ।
 
अघिल्लो महिनाको तुलनामा यसको सेयर लगानी रकम १ करोड ९ लाख ५५ हजार रुपैयाँले थोरै हो । यस फन्डले मुद्दति निक्षेपमा १० करोड रुपैयाँ राखेको छ । बैंक मौज्दातमा भने १९ करोड ५४ लाख ४६ हजार रुपैयाँ रहेको छ । समृद्धि फन्डले सबैभन्दा धेरै प्रभु बैंकको १ लाख २ हजार ९९९ कित्ता सेयर होल्ड गरेको छ । 
 

Post Your Comment