Market Closed

एनआइबीएल समृद्धि फन्डको १२% नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

06 Sep,2018
  • nibl-samriddhi-fund_6_22_7_25_2018_11_07_02.jpg
नेपाली पैसा
 
काठमाडौं : एनआइबीएल समृद्धि फन्ड–१ को १२% नगद लाभांश सुरक्षित गर्ने बिहीबार अन्तिम दिन हो । नगद लाभांश वितरणका लागि फन्डले भदौ २२ गते बुक क्लोज गर्दैछ । यसआधारमा बिहीबारसम्म कायम सेयरधनीले मात्र नगद लाभांश हात पार्नेछन् । व्यवस्थापक एनआइबीएल एस क्यापिटलको भदौ ७ गते बसेको सञ्चालक समिति बैठकले करसहित १२% नगद लाभांश दिने निर्णय गरेको हो ।
 
एनआइबीएल एसले कुल १२ करोड रुपैयाँ नगद लाभांश वितरण गर्न लागेको हो । लाभांश वितरणपछि एनआइबीएल समृद्धि फन्डको समायोजित प्रतिइकाई खुद सम्पति मूल्य १० रुपैयाँ ९ पैसा हुने क्यापिटले जनाएको छ ।

Post Your Comment