Market Closed

एनआइबीएल समृद्धि फन्डको प्रतिइकाई खुद सम्पति १७ पैसाले बढ्यो, सेयर लगानी कति ?

26 Mar,2019
  • nibl-samriddhi-fund_6_22_7_25_2018_11_07_02.jpg
नेपाली पैसा
 
काठमाडौं : एनआइबीएल समृद्धि फन्ड–१ को प्रतिइकाई खुद सम्पति मूल्य फागुन मसान्तमा १७ पैसाले बढेर १० रुपैयाँ ८ पैसा पुगेको छ । अघिल्लो महिना यो फन्डको प्रतिइकाई खुद मूल्य ९ रुपैयाँ ९१ पैसा थियो । यस फन्डको सूचीकृत सेयरमा लगानी पनि ४८ लाख ६४ हजार ५५० रुपैयाँले बढेर ७१ करोड २३ लाख ७८ हजार ४५ रुपैयाँ पुगेको छ । 
 
अघिल्लो महिना यस फन्डले ७० करोड ७५ लाख १३ हजार ४९५ रुपैयाँ लगानी गरेको थियो । सबैभन्दा बढी नबिल बैंकको संस्थापक सेयरमा ३ करोड ७३ हजार ८५६ रुपैयाँ लगानी रहेको छ । यस फन्डले मुद्दति निक्षेपमा ९ करोड ५० लाख रुपैयाँ लगानी गरेको छ । अघिल्लो महिनाको तुलनामा मुद्दति निक्षेपमा कुनै परिर्वतन आएको छैन । यता, बैंक मौज्दात भने २३ लाख १० हजार ५९८ रुपैयाँले घटेर १४ करोड ८३ लाख ५८ हजार ६१४ रुपैयाँमा आएको छ ।

Post Your Comment