Market Closed

एनआइबीएल एसका दुवै म्युचुअल फन्डको न्याभमा गिरावट, यसरी गर्दैछन् लगानी

28 Jun,2019
  • mutualfund_10_1_2018_8_44_58.jpg
नेपाली पैसा
 
काठमाडौं : एनआइबीएल एस क्यापिटलका दुवै म्युचुअल फन्डको प्रतिइकाई खुद सम्पति मूल्य घटेको छ । एनआइबीएल समृद्धि फन्ड-१ को प्रतिइकाई खुद सम्पति मूल्य जेठ मसान्तमा २५ पैसाले घटेर १० रुपैयाँ ७५ पैसामा आएको छ । अघिल्लो महिना यो फन्डको प्रतिइकाई खुद सम्पति ११ रुपैयाँ थियो ।
 
यसले ९१ वटा सूचीकृत कम्पनीमा ७४ करोड ४४ लाख ३४ हजार रुपैयाँ लगानी गरेको छ । अघिल्लो महिनाको तुलनामा यसको सेयर लगानी रकम १ करोड ७७ लाख ३९ हजार रुपैयाँले घटेको हो । यस फन्डले मुद्दति निक्षेपमा १० करोड रुपैयाँ राखेको छ । बैंक मौज्दातमा १८ करोड ७७ लाख ५० हजार रुपैयाँ रहेको छ । समृद्धि फन्डले सबैभन्दा धेरै प्रभु बैंकमा १ लाख २ हजार ९९९ कित्ता सेयर होल्ड गरेको छ ।
 
यता, एनआइबीएल प्रगति फन्डको प्रतिइकाई खुद सम्पति मूल्य जेठ महिनामा २८ पैसाले घटेर ८ रुपैयाँ ३४ पैसामा आइपुगेको छ । वैशाख महिनामा यसको प्रतिइकाई खुद सम्पति ८ रुपैयाँ ६२ पैसा रहेको थियो । फन्डको सूचीकृत सेयरमा लगानी १ करोड २० लाख ६९ हजार रुपैयाँले घटेर ५७ करोड २० लाख १९ हजार रुपैयाँ पुगेको छ । वैशाख महिनामा यसले सूचीकृत सेयरमा ५८ हजार ४० लाख ८८ हजार रुपैयाँ लगानी गरेको थियो ।
 
प्रगति फन्डले विभिन्न म्युचुअल फन्डसहित कुल ८० कम्पनीको सेयर होल्ड गरेको छ । सबैभन्दा धेरै नेपाल बैंकको १ लाख १५ हजार ५३९ कित्ता सेयरमा ३ करोड ७५ लाख ५० हजार लगानी गरेको छ । यसको बैंक मौज्दातमा भने ४ करोड ७५ लाख ४६ हजार रुपैयाँ रहेको छ । 

Post Your Comment