एनआइबीएल प्रगति र समृद्धि फन्डको प्रतिइकाई खुद मूल्य बढ्यो, यस्तो छ सेयरमा लगानी

29 Dec,2017
  • nibl_capital_11_26_2017_5_10_23_12_29_2017_11_23_29.jpg
नेपाली पैसा
 
काठमाडौं : एनआइबीएल क्यापिटलको व्यवस्थापनमा सञ्चालित एनआइबीएल प्रगति फन्ड र एनआइबीएल समृद्धि फन्ड–१ ले मंसिर मसान्तको प्रतिइकाई खुद मूल्य सार्वजनिक गरेका छन् । मंसिरमा यी दुवै योजनाको प्रतिइकाई खुद मूल्यमा वृद्धि भएको छ । प्रगति फन्डको प्रतिइकाई खुद मूल्य १९ पैसाले बढेर ९ रुपैयाँ ५६ पैसा पुगेको छ । अघिल्लो महिनामा यो फन्डको प्रतिइकाई खुद मूल्य ९ रुपैयाँ ३७ पैसा थियो । फन्डको सूचीकृत सेयरमा लगानी पनि ८५ लाख २४ हजार २६३ रुपैयाँले बढेर ६१ करोड ५९ लाख ७५१ रुपैयाँ पुगेको छ । यो फन्डले कुल ५८ कम्पनीको सेयर होल्ड गरेको छ । सबैभन्दा धेरै नेपाल बैंकको ४५ हजार ५३९ कित्ता सेयर होल्ड गरेको छ । लगानी रकमका आधारमा भने सबैभन्दा धेरै नेसनल लाइफ इन्सुरेन्समा ३ करोड ७४ लाख १७ हजार ७२२ रुपैयाँ लगानी गरेको छ । प्रगति फन्डको जम्मा जारी इकाई ७ करोड ५० लाख हो ।


यता, एनआइबीएल समृद्धि फन्ड १ को प्रतिइकाई खुद मूल्य पनि २७ पैसाले बढेर १३ रुपैयाँ ९ पैसा भएको छ । यसले ७८ वटा सूचीकृत कम्पनीमा ९६ करोड ३२ लाख ७७ हजार ६६० रुपैयाँ लगानी गरेको छ । सेयर लगानी पनि अघिल्लो महिनाको तुलनामा वृद्धि भएको हो । अघिल्लो महिना फन्डले ९५ करोड ९८ लाख ५ हजार १४१ रुपैयाँ बराबरको सेयर होल्ड गरेको थियो । समृद्धि फन्डले सबैभन्दा धेरै माछापुच्छ्रे बैंकको ६९ हजार ६४५ कित्ता सेयर होल्ड गरेको छ । फन्डको सार्वजनिक निष्कासन तथा हकप्रद र बोनस सेयरमा पनि ६ करोड ८४ लाख २१ हजार ६९६ रुपैयाँ लगानी रहेको छ । यसको जम्मा जारी इकाई १० करोड हो ।

Post Your Comment