Market Closed

एनआइबीएलका दुवै म्युचुअल फन्डको प्रतिइकाई खुद सम्पति मूल्य घट्यो, यस्तो छ अवस्था

26 Mar,2018
  • mutula_n_3_26_2018_10_58_49.jpg
नेपाली पैसा
 
काठमाडौं : एनआइबीएल क्यापिटलको व्यवस्थापनमा सञ्चालित एनआइबीएल प्रगति फन्डएनआइबीएल समृद्धि फन्ड–१ ले फागुन महिनाको प्रतिइकाई खुद मूल्य सार्वजनिक गरेका छन् । फागुनमा यी दुवै योजनाको प्रतिइकाई खुद सम्पति मूल्यमा गिरावट आएको छ ।

प्रगति फन्डको प्रतिइकाई खुद मूल्य सम्पति मूल्य ५८ पैसाले घटेर ८ रुपैयाँ १५ पैसामा आइपुगेको छ । अघिल्लो महिनामा यो फन्डको प्रतिइकाई खुद मूल्य ८ रुपैयाँ ७३ पैसा थियो । यस फन्डको सूचीकृत सेयरमा लगानी पनि ३ करोड १८ लाख १ हजार ५६९ रुपैयाँले घटेर ५२ करोड ५४ लाख ३० हजार ७० रुपैयाँमा झरेको छ ।

प्रगति फन्डले कुल ६० कम्पनीको सेयर होल्ड गरेको छ । सबैभन्दा धेरै नेपाल बैंकको ४५ हजार ५३९ कित्ता सेयर होल्ड गरेको छ । रकमका आधारमा भने सबैभन्दा धेरै नेसनल लाइफ इन्सुरेन्समा २ करोड ८२ लाख ७५ हजार १३२ रुपैयाँ लगानी गरेको छ । प्रगति फन्डको जम्मा जारी इकाई ७ करोड ५० लाख हो । 
 
यता, एनआइबीएल समृद्धि फन्ड १ को प्रतिइकाई खुद सम्पति मूल्य पनि ६१ पैसाले घटेर ११ रुपैयाँ ५९ पैसामा सीमित भएको छ । यसले ७८ वटा सूचीकृत कम्पनीमा ७८ करोड ३० लाख ५७ हजार ६३२ रुपैयाँ लगानी गरेको छ ।

सेयर लगानी पनि अघिल्लो महिनाको तुलनामा घटेको हो । अघिल्लो महिना फन्डले ८५ करोड ६८ लाख ६० हजार ३८ रुपैयाँ बराबरको सेयर होल्ड गरेको थियो । समृद्धि फन्डले सबैभन्दा धेरै माछापुच्छ्रे बैंकको ६९ हजार ६४५ कित्ता सेयर होल्ड गरेको छ ।

रकमका आधारमा यो फन्डले सबैभन्दा धेरै चिलिमे हाइड्रोपावरमा ३ करोड ७१ लख ४४ हजार ८७२ रुपैयाँ लगानी गरेको छ । समृद्धि फन्डको सार्वजनिक निष्कासन तथा हकप्रद र बोनस सेयरमा पनि ६ करोड ८४ लाख २१ हजार ६९६ रुपैयाँ लगानी रहेको छ । यसको जम्मा जारी इकाई १० करोड हो ।
 

Post Your Comment