Market Closed

एनआइबीएलका दुवै म्युचुअल फन्डको न्याभ बढ्यो, कुन् कम्पनीमा धेरै लगानी ?

28 Apr,2019
  • mutualfund_10_1_2018_8_44_58.jpg
नेपाली पैसा
 
काठमाडौं : एनआइबीएल एस क्यापिटलको व्यवस्थापनमा सञ्चालित दुवै म्युचुअल फन्डको प्रतिइकाई खुद सम्पति मूल्य बढेको छ । एनआइबीएल प्रगति फन्डको प्रतिइकाई खुद सम्पति मूल्य चैत महिनामा २८ पैसाले बढेर ७ रुपैयाँ ८७ पैसा पुगेको छ । अघिल्लो महिनामा यो फन्डको प्रतिइकाई खुद मूल्य ७ रुपैयाँ ५९ पैसा थियो । 
 
यो फन्डको सूचीकृत सेयरमा लगानी पनि ४८ लाख ८३ हजार रुपैयाँले बढेर ५४ करोड ७ लाख ९५ हजार रुपैयाँ पुगेको छ । प्रगति फन्डले विभिन्न म्युचुअल फन्डसहित कुल ७८ कम्पनीको सेयर होल्ड गरेको छ । सबैभन्दा धेरै नेपाल बैंकको १ लाख १५ हजार ५३९ कित्ता सेयरमा लगानी गरेको छ । यसको बैंक मौज्दातमा भने २ करोड ३९ लाख ३५ हजार रुपैयाँ रहेको छ ।
 
यता, एनआइबीएल समृद्धि फन्ड-१ को प्रतिइकाई खुद सम्पति मूल्य पनि चैत मसान्तमा २० पैसाले बढेर १० रुपैयाँ २८ पैसा पुगेको छ । अघिल्लो महिना यो फन्डको प्रतिइकाई खुद मूल्य १० रुपैयाँ ८ पैसा थियो । यसले ९१ वटा सूचीकृत कम्पनीमा ७१ करोड २५ लाख १२ हजार रुपैयाँ लगानी गरेको छ ।
 
अघिल्लो महिनाको तुलनामा यसको सेयर लगानी रकम १ लाख ३४ हजार रुपैयाँले मात्र धेरै हो । यस फन्डले मुद्दति निक्षेपमा ९ करोड ५० लाख रुपैयाँ राखेको छ । बैंक मौज्दातमा १६ करोड ७० लाख ९९ हजार रुपैयाँ रहेको छ । समृद्धि फन्डले सबैभन्दा धेरै मेगा बैंक नेपालको ८८ हजार ५६७ कित्ता सेयर होल्ड गरेको छ । 

Post Your Comment