Market Closed

एनआइबीएल एसका दुवै म्युचुअल फन्डको न्याभमा सुधार, यसरी गर्दैछन् लगानी

28 May,2019
  • mutualfund_10_1_2018_8_44_58.jpg
नेपाली पैसा
 
काठमाडौं : एनआइबीएल एस क्यापिटलका दुवै म्युचुअल फन्डले प्रतिइकाई खुद सम्पति मूल्य बढाएका छन् । एनआइबीएल प्रगति फन्डको प्रतिइकाई खुद सम्पति मूल्य वैशाख महिनामा ७५ पैसाले बढेर ८ रुपैयाँ ६२ पैसा पुगेको छ । अघिल्लो महिनामा यो फन्डको प्रतिइकाई खुद मूल्य ७ रुपैयाँ ८७ पैसा मात्र थियो । सूचीकृत सेयरमा लगानी पनि ४ करोड ३२ लाख ९३ हजार रुपैयाँले बढेर ५८ करोड ४० लाख ८८ हजार रुपैयाँ पुगेको छ । 
 
प्रगति फन्डले विभिन्न म्युचुअल फन्डसहित कुल ७८ कम्पनीको सेयर होल्ड गरेको छ । सबैभन्दा धेरै नेपाल बैंकको १ लाख १५ हजार ५३९ कित्ता सेयरमा ३ करोड ६१ लाख ६३ हजार लगानी गरेको छ । यसको बैंक मौज्दातमा भने ३ करोड ८६ लाख ३५ हजार रुपैयाँ रहेको छ । यस फन्डको खुद सम्पति पनि ५ करोड ६२ लाख ९८ हजार रुपैयाँले बढेर ६४ करोड ६८ लाख २० हजार रुपैयाँ पुगेको छ । 
 
यता, एनआइबीएल समृद्धि फन्ड–१ को प्रतिइकाई खुद सम्पति मूल्य पनि वैशाख मसान्तमा ७२ पैसाले बढेर ११ रुपैयाँ पुगेको छ । अघिल्लो महिना यो फन्डको प्रतिइकाई खुद मूल्य १० रुपैयाँ २८ पैसा थियो । यसले ९१ वटा सूचीकृत कम्पनीमा ७६ करोड २१ लाख ७३ हजार रुपैयाँ लगानी गरेको छ ।
 
अघिल्लो महिनाको तुलनामा यसको सेयर लगानी रकम ४ करोड ९६ लाख ६१ हजार रुपैयाँले धेरै हो । यस फन्डले मुद्दति निक्षेपमा ९ करोड ५० लाख रुपैयाँ राखेको छ । बैंक मौज्दातमा १९ करोड २४ लाख ८३ हजार रुपैयाँ रहेको छ । समृद्धि फन्डले सबैभन्दा धेरै मेगा बैंक नेपालको ८८ हजार ५६७ कित्ता सेयर होल्ड गरेको छ । रकमका आधारमा सबैभन्दा धेरै नेपाल दुरसञ्चार कम्पनीमा ३ करोड ३२ लाख रुपैयाँ लगानी गरेको छ ।

Post Your Comment