एनआइबीएल समृद्धि फण्डलाई हेर्नुहोस्, कसरी गरिरहेछ सेयर बजारमा लगानी ?

31 Aug,2018
  • mutul_foto_img_1_30_2018_6_06_06.jpg
नेपाली पैसा 
 
काठमाडौं : एनआइबीएल समृद्धि फण्ड–१ को साउन महिनामा प्रतिइकाई खुद मूल्य ११ रुपैयाँ १५ पैसा कायम भएको छ । असारको तुलनामा यो १४ पैसाले कम हो । असारमा यस फन्डको प्रतिइकाई खुद मुल्य ११ रुपैयाँ २९ पैसा रहेको थियो । समृद्धि फण्डको खुद सम्पति मूल्य पनि असारको तुलनामा साउनमा १ करोड ४० लाख ५६ हजार ३५३ रुपैयाँले घटेर १ अर्ब ११ करोड ५० लाख ९ हजार १६७ रुपैयाँमा सीमित भएको हो ।

असारमा यसको खुद सम्पत्ति मूल्य १ अर्ब १२ करोड ९० लाख ६५ हजार ५२० रुपैयाँ रहेको थियो । समृद्धि फण्डले सूचीकृत सेयरमा ७६ करोड ४७ लाख ७६ हजार १४४ रुपैयाँ लगानी गरेको छ । यस्तै यो फण्डले बैंक मौज्दात बढाएर २१ करोड ३८ लाख ५६ हजार ६८२ पुर्याएको छ ।

असारमा बैंक मौज्दातमा १९ करोड ८६ लाख ४६ हजार ५०६ रुपैयाँमात्र थियो । बैंक मुद्दति निक्षेपमा १० करोड रुपैयाँ छ । समृद्धि फन्डले हालसम्म कुल ७९ कम्पनीको सेयर होल्ड गरेको छ । जसमा सबैभन्दा धेरै मेगा बैंकको ८७ हजार ६९० कित्ता सेयर लगानी छ ।

रकमका आधारमा भने सबैभन्दा धेरै चिलिमे हाइड्रोपावरमा ३ करोड ५४ लाख ४७ हजार ६५२ रुपैयाँ लगानी गरेको छ । समृद्धि फन्डको जम्मा जारी इकाई १० करोड हो । 

एनआइबीएल समृद्धि फण्डको यस्तो साउनमा अवस्था 
 
 

Post Your Comment