Market Closed

एनआइबीएल समृद्धि फन्डको प्रतिइकाई खुद मूल्य १५ पैसाले घट्यो, नेपाल बैंकको सेयरमा धेरै लगानी

22 Nov,2018
  • nibl-samriddhi-fund_6_22_7_25_2018_11_07_02.jpg
नेपाली पैसा
 
काठमाडौं : एनआइबीएल समृद्धि फन्ड–१ को प्रतिइकाई खुद सम्पति मूल्य कात्तिक मसान्तमा १५ पैसाले घटेर १० रुपैयाँ १० पैसामा आएको छ । अघिल्लो महिना यो फन्डको प्रतिइकाई खुद मूल्य १० रुपैयाँ २५ पैसा थियो । यसले ८१ वटा सूचीकृत कम्पनीमा ७८ करोड ३५ लाख ४५ हजार ८२५ रुपैयाँ लगानी गरेको छ ।
 
अघिल्लो महिना फन्डले ७९ करोड ७१ लाख २६ हजार ६६९ रुपैयाँ बराबरको सूचीकृत सेयर होल्ड गरेको थियो । यस फन्डले मुद्दति निक्षेपमा ९ करोड ५० लाख रुपैयाँ राखेको छ । निक्षेप अघिल्लो महिनाको भन्दा ५० लाख रुपैयाँ थोरै हो । तर बैंक मौज्दात भने ८ करोड रुपैयाँबाट बढाएर ८ करोड ६५ लाख ६२ हजार रुपैयाँ पुर्याएको छ ।
 
समृद्धि फन्डले सबैभन्दा धेरै नेपाल बैंकको १ लाख ८९ हजार ७८१ कित्ता सेयर होल्ड गरेको छ । नेपाल बैंकमा ५ करोड ६९ लाख ३४ हजार ३०० रुपैयाँ लगानी गरेको हो । समृद्धि फन्डको सार्वजनिक निष्कासन तथा हकप्रद र बोनस सेयरमा पनि ८२ लाख ९२ हजार ५२७ रुपैयाँ लगानी रहेको छ । यसको जम्मा जारी इकाई १० करोड हो ।

Post Your Comment