Market Closed

एनआइबीएल समृद्धि फन्डको न्याभ १९ पैसाले घट्यो, नेपाल टेलिकममा धेरै लगानी

24 Feb,2019
  • nibl-samriddhi-fund_6_22_7_25_2018_11_07_02.jpg
नेपाली पैसा
 
काठमाडौं : एनआइबीएल समृद्धि फन्ड-१ को प्रतिइकाई खुद सम्पति मूल्य माघ मसान्तमा १९ पैसाले घटेर ९ रुपैयाँ ९१ पैसामा आएको छ । अघिल्लो महिना यो फन्डको प्रतिइकाई खुद मूल्य १० रुपैयाँ १० पैसा थियो । यसले ८७ वटा कम्पनीको सूचीकृत सेयरमा लगानी गरेको छ ।
 
तर, फन्डको सूचीकृत सेयरमा लगानी भने २ करोड ८४ लाख ७३ हजार रुपैयाँले घटेर ७० करोड ७५ लाख १३ हजार ४९५ रुपैयाँमा आएको छ । अघिल्लो महिना फन्डले ७३ करोड ५९ लाख ८६ हजार ५३१ रुपैयाँ लगानी गरेको थियो । सबैभन्दा बढी नेपाल टेलिकममा ३ करोड २४ लाख २४ हजार रुपैयाँ लगानी रहेको छ ।
 
यस फन्डले मुद्दति निक्षेपमा ९ करोड ५० लाख रुपैयाँ लगानी गरेको छ । अघिल्लो महिनाको तुलनामा मुद्दति निक्षेपमा कुनै परिर्वतन आएको छैन । यता, बैंक मौज्दात भने १ करोड ४३ लाख रुपैयाँले बढेर १५ करोड ६ लाख ६९ हजार रुपैयाँ पुर्याएको छ ।
 
 

Post Your Comment