Market Closed

एनआइबीएल समृद्धि फन्डको प्रतिफल घोषणा, लगानीकर्ताले ६.५% नगद पाउने

30 Aug,2019
  • nibl-samriddhi-fund_6_22_7_25_2018_11_07_02_8_30_2019_12_11_39.jpg
नेपाली पैसा
 
काठमाडौं : एनआइबीएल समृद्धि फन्ड–१ ले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट ६.५% नगद लाभांश (प्रतिफल) वितरण गर्ने घोषणा गरेको छ । योजना व्यवस्थापक एनआइबीएल एस क्यापिटल लिमिटेडको बिहीबार बसेको सञ्चालक समिति बैठकले लगानीकर्तालाई कर सहित ६.५%% नगद दिने घोषणा गरेको हो ।
 
यसआधारमा फन्डले ६ करोड ५० लाख रुपैयाँ नगद लाभांशमा खर्च गर्नेछ । अघिल्लो वर्ष फन्डले १२% नगद लाभांश वितरण गरेको थियो  ।  यो फन्डको योजना व्यवस्थापकमा एनआइबीएल एस क्यापिटल रहेको छ । यसलाई नेपाल इन्भेष्टमेन्ट बैंकले प्रवद्र्धन गरेको हो । 


 
 
 
 

Post Your Comment