Market Closed

एनआइसी एसिया र सिटिजन्स बैंकको शुक्रबार एजीएम, लाभांश अनुमोदन हुँदै

26 Sep,2019
  • agm_new_img_9_26_2019_1_15_44.jpg
नेपाली पैसा 
 
काठमाडौं : एनआइसी एसिया बैंकको साधारण सभा शुक्रबार (असोज १० गते) आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा बिहान ९ बजेबाट सुरु हुँदैछ । सभामा बैंकले २१.०५२६% लाभांश पारित गर्ने प्रस्ताव पेश गर्नेछ । बैंकले गत वर्षको नाफाबाट ११.०५२६% नगद र १०% बोनस सेयर गरी कुल २१.०५२६% लाभांश दिन लागेको हो । एनआइसी एसिया बैंक अन्य वित्तीय संस्था एक्वायर गर्न पनि तयार देखिएको छ ।

कुनै वित्तीय संस्था गाभ्न परेमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने प्रस्ताव समेत सभामा लगिनेछ । आर्थिक वर्ष २०७५–७६ को नाफा नोक्सान सम्बन्धी हिसाबकिताबका सम्बन्धमा पनि छलफल हुनेछ । यस्तै, आर्थिक वर्ष २०७६–७७ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि रहनेछ ।

प्रबन्धपत्र तथा नियमावली संशोधनको एजेन्डा पनि छ । साधारण सभा प्रयोजनका लागि एनआइसीले भदौ २९ गतेदेखि असोज १० गतेसम्म बुक क्लोज गरेको छ । भदौ २८ गतेसम्म कायम सेयरधनीले लाभांश पाउन सक्नेछन् । 
 
 सिटिजन्सको पनि शुक्रबार नै एजीएम
 
यसैगरी सिटिजन्स बैकको पनि शुक्रबार नै साधारण सभा हुने भएको छ । अमृतभोग, कालिकास्थान, डिल्लीबजार, काठमाडौंमा बिहान ९ बजेबाट सभा सुरु हुनेछ । १५% लाभांश पारित गर्ने प्रस्ताव पेश हुनेछ । बैंकले गत वर्षको नाफाबाट १२% नगद लाभांश र ३% बोनस सेयर गरी कुल १५% दिने निर्णय गरेको हो । साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु हुनेछ । 
 
बैंकले १ अर्ब ४५ लाख २७ हजार ७७३ रुपैयाँ बराबरको नगद लाभांश र २५ करोड ११ लाख ३१ हजार ९४३ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्नेछ । सञ्चालक समितिका अध्यक्षले पेश गर्ने वार्षिक प्रतिवेदन तथा २०७५–७६ को नाफा नोक्सान हिसाबकिताब सम्बन्धमा छलफल गरी पारित गर्ने एजेन्डा पनि रहेको छ ।सभाले २०७६–७७ को लागि लेखा परीक्षकको नियुक्ति र पारिश्रमिक तोक्नेछ ।

उपयुक्त वित्तीय संस्थाहरु एक आपसमा गाभ्न–गाभिन परेमा प्रारम्भिक सम्झौताका लागि सञ्चालक समितिलाई अख्तिायारी दिने एजेन्डा पनि छ । सभा प्रयोजनाका लागि सिटिजन्सले भदौ ३१ गते बुक क्लोज गरिसकेको छ । भदौ ३० गते सम्म कायम सेयरधनी प्रस्तावित लाभांश पाउन योग्य हुनेछन् । 
 

Post Your Comment