Market Closed

सेयर खरिद गरेको पैसा खाताबाटै राफसाफ हुने बैंक कुन्-कुन् हुन् ? यस्तो छ कारोबार सीमा

24 May,2019
  • Screenshot_from_2019-05-23_20-42-03_5_24_2019_8_12_21.png
इशारा कोइराला
 
काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) को अनलाइन सेयर कारोबार प्रणालीमा हालसम्म ४८ वटा बैंक तथा वित्तीय संस्था आवद्ध भएका छन् । आइतबारदेखि थप २ वटा वाणिज्य बैंक यसमा आवद्ध हुँदैछन् । यी बैंक तथा वित्तीय संस्थामा खाता भएका अनलाइन प्रयोगकर्ताले सेयर खरिद गरेको रकम अब खाताबाटै राफसाफ गर्न सक्नेछन् । सेयर खरिदपछि लगानीकर्ताले चेक बोकेर ब्रोकर कार्यालय जाने झन्झटबाट मुक्ति पाउने भएका छन् । 
 
नेपाल क्लियरिङ हाउसको 'कनेक्ट आइपीएस' मा आवद्ध बैंक तथा वित्तीय संस्थाहरुमा खाता भएका लगानीकर्ताले अनलाइनबाटै राफसाफ गर्नसक्ने क्लियरिङ हाउसले जनाएको छ । कनेक्ट आइपीएसमा हाल सदस्य रहेका ४८ वटा बैंक तथा वित्तीय संस्थाहरु अनलाइन कारोबार प्रणालीमा आवद्ध भइसकेका छन् । यस्तै, २ वटा वाणिज्य बैंक पनि आइतबारदेखि कनेक्ट आइपीएसमा सदस्य बन्ने तयारीमा रहेका छन् । हमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक आइतबारदेखि जोडिन लागेका हुन् । यी सबै बैंकमा खाता भएका अनलाइन प्रयोगकर्ताले सेयर खरिदपछि खाताबाटै राफसाफ गर्न सक्ने क्लियरिङ हाउसले जानकारी गराएको छ ।
 
नेपाल क्लियरिङ हाउसका अनुसार हाललाई सेयर खरिद गर्दा मात्र अनलाइनबाट भुक्तानी गर्न सकिने छ । दोस्रो चरणमा सेयर बिक्री बपत प्राप्त रकम पनि खातामै जम्मा हुने व्यवस्था मिलाइनेछ ।

सेयर खरिद गरेको रकम अइनलाइनबाटै राफसाफ हुने बैंक तथा वित्तीय संस्थाहरु :




खरिदबिक्रीकोे सीमा कति ?

 
नेपाल क्लियरिङ हाउसका अनुसार खरिदबिक्री रकमको सीमा नेपाल राष्ट्र बैंकको नियम अनुसार हुनेछ । राष्ट्र बैंकले इन्टरनेट बैंकिङबाट एक खाताबाट अर्को खातामा रकम पठाउँदा एक पटकमा १ लाख र मासिक १० लाख रुपैयाँसम्म मात्र पठाउन पाउने व्यवस्था छ । यस्तै, इन्टरनेटबाट भुक्तानी कारोबार गर्दा दैनिक अधिकतम १ लाख रुपैयाँसम्म मात्रै पाउने व्यवस्था छ । सोही व्यवस्थाभित्र रहेर अनलाइन राफसाफ गर्दा सकिने क्लियरिङ हाउसले जनाएको छ । 
 
अनलाइन कारोबार प्रणालीमा ६ हजार भन्दा बढी आवद्ध
 
नेप्सेले सञ्चालनमा ल्याएको अनलाइन कारोबार प्रणालीमा हालसम्म ६ हजार २ सय जना लगानीकर्ता अवद्ध भएको नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले जानकारी दिएका छन् । नेप्सेका अनुसार अनलाइन मार्फत हालसम्म ११ अर्ब ३६ करोड ९२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । 
 
उक्त कारोबारका लागि १ लाख २८ हजार २३८ खरीदविक्री आदेश भएको नेप्सेले जनाएको छ । यता, सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार हालसम्म १५ लाख २० हजार भन्दा बढी लगानीकर्ताले हितग्राही (डिम्याट) खाता खोलेका छन् । यता, नेप्सेले करीब २ लाख लगानीकर्ता मात्र दोस्रो बजारमा सक्रिय रहेको जनाएको छ ।
 
के हो बैंक इन्टिग्रेसन ?
 
दोस्रो बजारमा अनलाइन कारोबार प्रणाली मार्फत भएको कारोबारको राफसाफ फर्छ्योट प्रक्रियालाई बैंकिङ प्रणालीसँग आवद्ध गरिनुलाई बैंक इन्टिग्रेसन भनिन्छ । यस प्रणालीमा आवद्ध भएसँगै सेयर खरिदबिक्रीको पैसा खाताबाटै राफसाफ गर्न सकिन्छ । लगानीकर्ता भुक्तानीका लागि ब्रोकर कार्यालयसम्म पुग्नु पर्दैन ।

Post Your Comment