Market Closed

एनआईसी एशिया बैङ्क : कम्पनी विश्लेषण (आइतवार, ७ कात्तिक २०७३)

23 Oct,2016
  • nic_10_23_2016_11_05_33.jpg

२०७२/७३ आवको पहिलो त्रैमासको वित्तीय विवरणअनुसार खुद नाफा ६५ दशमलव ८५ प्रतिशत बढेर रू. २६ करोड १० लाख पुगेको छ । बैङ्कको असोजमा भएको साधारणसभाले २६ प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिसकेको छ ।

प्राविधिक विश्लेषण
आरएसआई : न्युट्रल जोन (५५ दशमलव ८५ स्केल)मा छ । खरीदविक्री चाप सन्तुलनमा रहेको छ ।

स्ट्याण्डर्ड डेभिएशन : १३ दशमलव ५९ विन्दुमा छ । उतारचढाव सामान्य रहेको छ ।

मुभिङ एभरेज : २१ दिने औसत मूल्यरेखा र ७ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिँदै गएका छन् । हालको मूल्य सातदिने औसत मूल्यरेखा, ट्रेण्ड लाइन र २१ दिने मूल्य रेखाभन्दा तल छ । हालको बिन्दुबाट मूल्य सस्तिएमा रू. ६ सय ३५ मा टेवा पाउने सङ्केत देखिन्छ । मूल्य महँगिएमा रू. ६ सय ८० मा प्रतिरोध पाउन सक्छ ।

आधारभूत विश्लेषण
कम्पनीको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार २०७३/७४ आर्थिक वर्ष र २०७२/७३ आर्थिक वर्षबीच तुलना गर्दा :
- बैङ्कको पहिलो त्रैमासमा नाफा ६५ दशमलव ८५ प्रतिशत बढेर रू. २६ करोड १० लाख पुगेको छ । खुद ब्याज आम्दानी ५० प्रतिशत र सञ्चालन नाफा ७८ दशमलव ५७ प्रतिशत बढ्नाले खुद नाफा बढ्न टेवा पुगेको हो ।

- चुक्तापूँजीको तुलनामा खुद नाफा ५ दशमलव ९० प्रतिशतबाट घटेर ४ दशमलव ४६ प्रतिशत सीमित भएको छ  ।

- जगेडा कोष २८ दशमलव ८५ प्रतिशत घटेर रू. २ अर्ब ११ करोडमा सीमित रहेकोे छ ।

- ब्याज आम्दानी २३ दशमलव ४७ प्रतिशत बढेर रू. १ अर्ब २६ करोड र ब्याज खर्च ८ दशमलव २५ प्रतिशत बढेर रू. ७० करोड ६२ लाख पुगेको छ ।

- कर्मचारी खर्च ५७ दशमलव ३३ प्रतिशत, कुल सञ्चालन नाफा ४५ दशमलव ५५ प्रतिशत, अन्य सञ्चालन खर्च १७ दशमलव ३२ प्रतिशत बढेको छ ।

- बैङ्कको वैदेशिक मुद्राको विनिमयबाट रू. ४ करोड  ८५ लाख आम्दानी भएको छ ।

- स्थिर सम्पत्ति न्यून प्रतिशत बढेर रू. ५५ करोड ८३ लाख र अन्य सम्पत्ति ४२ दशमलव ८२ प्रतिशत बढेर रू. १ अर्ब १६ करोड पुगेको छ ।

- सम्भावित जोखीमबापतको व्यवस्थामा रकम २ प्रतिशत घटाएपछि ९ करोड ३ लाखमा सीमित भएको छ ।

- गत अवमा रहेको ५ करोड ८ लाख खराब कर्जा उठाउन बैङ्क व्यवस्थापन सफल भएको छ ।

- बैङ्कको पहिलो त्रैमासको वित्तीय विवरणअनुसार तरलता अनुपात २४ दशमलब ४९ गुणा, प्रतिशेयर आम्दानी १७ दशमलव ९ र मूल्य आम्दानी अनुपात करीब ३७ गुणा छ । हालको शेयरमूल्य नेटवर्थको साढे ४ गुणा छ ।

Post Your Comment